२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीद्वारा जितिया पर्वको शुभकामना सन्देश



अ+ अ-

काठमाडौँ, १५ असोज राससः राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीच एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याइरहेका चाडपर्व मनाउँदा तीनका मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक रहेको बताउनुभएको छ ।

जितिया पर्वका अवसरमा आज उहाँले शुभकामना सन्देश दिनुहुँदै बहुजाती, बहुभाषा, बहुसंस्कृति आदिले विविधतायुक्त हाम्रो मुलुकमा मनाइने विभिन्न चाडपर्वले आफ्नै मूल्य र मान्यतासहित संस्कृति, कला, वेषभूषा, गीत सङ्गीतलाई संरक्षण गर्ने कुरा नै हाम्रो मौलिकता बनेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले नेपाली महिलाले पारिवारिक सुख, खुशियाली र सन्तानको दीर्घजीवनको कामना गर्दै मनाइने सांस्कृतिक यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनीमा सुख, शान्ति एवं समृद्धि कायम होस् भनी हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।

यस पर्वमा महिलाले आफ्नो परिवारजनको सुस्वास्थ एवं समृद्धिका लागि व्रत बसेर पूजा आरधना गर्ने गर्दछन् । महिलाको महत्वपूर्ण पर्व जितियाले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सु–सम्बन्ध कायम गर्न सफल होस् भन्ने कामना पनि राष्ट्रपतिले गर्नुभएको छ ।