२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन क्षेत्रमा लगानी गर्न नेपाल मुख्य गन्तव्य – उपाध्यक्ष ढकाल



अ+ अ-


काठमाडौं, २० कात्तिक (रासस)-नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन क्षेत्रको लगानीका लागि नेपाल मुख्य गन्तब्य रहेको बताउनुभएको छ ।
चाइना एड्भेन्चर टुरिजम फोरमद्वारा मंगलबार राजधानीमा आयोजित ‘हिमालयन समीट’ कार्यक्रममा उहाँले नेपाल प्राकृतिक र सांस्कृतिक धरोहरको अद्वितीय केन्द्र रहेको बताउँदै सगरमाथा, उच्च हिमशृङ्खला र बुद्व जन्मस्थल लुम्बिनीमा संसारका पर्यटकहरूको मुख्य आकर्षण रहेको बताउनुभयो ।
यस्ता प्रचुर सम्भावना नेपालका अरु कैयौँ स्थानमा रहेको स्मरण गर्दै चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष समेत रहेका ढकालले नेपालमा हाल स्थीर सरकार बनेको र लगानीको लागि सुरक्षित वातावरण निर्माण हुदै गएकोले पर्यटन, पूर्वाधार निर्माण र सेवा क्षेत्रमा लगानी गर्न विश्वका लगानीकर्ताहरुलाई आग्रह गर्नुभयो ।
नेपालको धार्मिक र सांस्कृतिक पर्यटनको प्रवद्र्धन गर्न नेपालको नीजि क्षेत्र सवैसँग सहकार्य गर्न सदैव तयार रहेको बताउनुभयो । उहाँले ढकालले प्रशस्त रोजगारीका अवसरहरू सिर्जना गर्न पर्यटन उद्योगको विकासमा सबैको ध्यान जानुपर्ने कुरामा जोड दिनुभयो ।
नेपाल र चीनवीच प्राचीनकालदेखि नै रहीआएको ऐतिहासिक र सांस्कृतीक सम्बन्धको स्मरण गर्दै उहाँले नेपालको उत्तरी छिमेकी राष्ट्र चीनबाट आउने पर्यटकहरूको संख्यामा वृद्वि हुँदै गएकोमा खुसी व्यक्त गर्नुभयो ।
उक्त सम्मेलनमा चिनीयाँ र नेपाली पर्यटन क्षेत्रमा लगानी गरेका लगानीकर्ताहरु र प्रतिनिधि सहित करिव १०० जनाको सहभागिता रहेको छ ।