१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह राप्रपा प्रवक्ता श्रेष्ठको आरोप : बागमती प्रदेशकी उपसभामुखले संवैधानिक निष्पक्षता गुमाइन्’ ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड सिरहा भन्सार कार्यालय : राजस्व संकलनमा वृद्धि टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य जलविद्युत् आयोजनाको सहयोगमा घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मुख्यमन्त्रीको निर्णयविरुद्ध बहस चल्नेछ’



अ+ अ-

काठमाडौँ, २० कात्तिक: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता केशव स्थापितले आफूलाई प्रदेश नं ३ को भौतिक पूर्वाधारमन्त्रीको जिम्मेवारीबाट पदमुक्त गर्ने मुख्यमन्त्रीको निर्णयविरुद्ध पार्टीभित्र गम्भीर बहसको विषय बनाउने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालद्वारा आज आयोजित साक्षात्कारमा उहाँले विकास निर्माणप्रति आफ्नो सक्रिय क्रियाकलापलाई बीचमै रोक्न मुख्यमन्त्रीले आफूलाई पदमुक्त गरेको आरोप लगाउनुभयो ।

प्रदेश नं ३ का प्रदेशसभा सदस्यसमेत रहनुभएका नेता स्थापितले भन्नुभयो, “प्रदेश सरकार गठन भएपछि देश विकासमा धेरै योगदान गरेको छु, जिम्मेवारीबाट मुक्त भएपछि हलुका महसुश भएको छ, पार्टीको स्वीकृति बिना जिल्लामा औपचारिक कार्यक्रममा जान नमिल्ने हुनाले मन्त्रीमा रहँदा रसुवाबाहेक सबै जिल्ला पुगेर विकास निर्माणका विषयमा छलफल गरी सुझाव लिने काम गरेको छु ।”

तिहारलगत्तै चार अर्ब रकम बराबरका सडक र पुलको बोलपत्र गर्ने तयारी गरेको तथा २७ अर्ब रकम बराबरका विभिन्न आयोजना अघि बढाउने काममा जुटिरहेको बेला प्रगति शून्य भएको भन्ने आरोप आफैँमा हास्यास्पद रहेको बताउँदै उहाँले अनियमिततालगायत आफूमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौती दिनुभयो ।

प्रदेशको राजधानी र केही पूर्वाधार निर्माणबारे मुख्यमन्त्रीसँग आफ्नो मतैक्यता हुन नसकेको जनाउँदै नेता स्थापितले मुख्यमन्त्री स्वयम्ले नै विकासको गति दिन नसकेको आरोप लगाउनुभयो ।