२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेर यिनको बिजोग ! केका नाममा दिइँदैछ जनतालाई सास्ती ?



अ+ अ-

काठमाडौं, १३ मंसिर । काठमाडौमा हुन लागेको एसिया प्यासिफिक समिटलाई लक्षित गरेर सरकारले लगाएको जोर बिजोरले राजधानीबासीले बिहीबार निकै कष्ट भोग्नुपरेको समाचार छ । जोर बिजोर प्रणाली लागू गरेको भन्दै सवारी चल्न नदिएपछि शुक्रबारको ट्राफिकका कारणले यहाँको जनजीवन अस्तव्यस्त भएको छ । यसका कारण स्कुल र कलेजका विद्यार्थी मारमा परेका छन् । स्कुल कलेजको छुट्टी नदिइएकोले उनीहरु बिहान र बेलुका निकै गाह्रो गरी आउजाउ गर्नुपरेको छ ।

राजधानीमा आज बिहानैदेखि सार्वजनिक यातायातका सवारी साधनको पर्खाइमा आम मानिस बाटामा देखिन्थे । तर सडकमा थोरै मात्र गाडी कुदेका छन् । आज बिजोर नम्बरका सवारी साधनको पालो हो । आम जनतालाइ सास्ती दिनेगरी भएको यो व्यवस्थाको उल्लङ्घन गर्नेहरूलाइ प्रहरीले कारबाही गरेको छ । प्रहरीले ठाउँठाउँमा त्यस्ता सवारी बाटामा देखिए लाइसेन्स खोस्ने र जताबाट आएको हो उतै फर्काइदिने गरेको छ । बटुवाहरु खोइ कुन्नी केका नाममा आफूहरुलाई सास्ती दिइएको भन्दै व्यापक मात्रामा गुनासो गर्दै हिँडेका देखिन्थे ।
स्कुल र कलेजका बस चलेका भएपनि सार्वजनिक बसमा चढ्ने विद्यार्थीलाइ अति कस्ट भएको छ ।बिहीबार युथ कंग्रेस नेपालले विज्ञप्ति जारी गर्दै मंसिर १३ गते देखि १६ गतेसम्मका लागि घोषणा गरिएको जोर बिजोरको व्यवस्थाप्रति आपत्ति जनाएको थियो । राज्यको कार्यक्रम नभई अन्तर्रा्ष्ट्रिय गैर सरकारी संस्थाले आयोजना गरेको कार्यक्रमका लागि राज्यले जनतालाई दुःख दिन खोज्नु आफुहरुलाई मान्य नभएको युथ कंग्रेसको भनाई छ ।