१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यासुन्दरले गरे विज्ञ समूह गठन



अ+ अ-

काठमाडौँ, १४ मङ्सिरः  काठमाडौँ महानगरपालिका–३१ ले कामलाई थप प्रभावकारी बनाउन सात सदस्यीय विज्ञ समूह गठन गरेको छ ।

तेजबहादुर ढकालको संयोजकत्वमा प्रा डा जीवेन्द्रदेव गिरी, केशव घिमिरे, गोविन्द गौतम, ई धनबहादुर सापकोटा, जीवनाथ पोखरेल र अधिवक्ता केदार कोइरालासहितको समूह गठन गरिएको हो ।

विज्ञ समूहले जनताको समस्या के हो जानकारी लिने, समस्या समाधान गर्नतर्फ वडा कार्यालयलाई घच्घच्याउनेजस्ता कार्य गर्नुपर्ने वडाध्यक्ष नारायणप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले निर्वाचनका समयमा जनतासामु गरिएका धेरै प्रतिबद्धता पूरा गर्न शुरु गरिसकेको र बाँकी अन्य काम पनि तत्काल गर्ने तयारीमा कामपा रहेको जानकारी गराउनुभयो ।

महानगरको मुख्य समस्याका रुपमा रहेको फोहर व्यवस्थापन र सार्वजनिक कुकुर व्यवस्थापनको माग गरिएको थियो ।