१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगन्जमा हर्न निषेध, प्लास्टिककाे जथाभावी प्रयाेगमा राेक



अ+ अ-

वीरगन्ज, २० मंसिर । वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज नगर क्षेत्रलाई ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरेको छ।

नगर प्रमुख विजयकुमार सरावगीको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले  आगामी पुस १७ गतेदेखि वीरगञ्ज नगर क्षेत्रलाई ‘हर्न निषेधित क्षेत्र’ घोषणा गर्ने निर्णय गरेको हो।

प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार भुसालले वीरगञ्ज नगरलाई हर्न निषेधित क्षेत्र घोषणा गर्ने  र प्लाष्टिकको प्रयोगमा रोक लगाउने विषय पेश गरेको प्रस्तावलाई कार्यपालिकाको बैठकले सर्वसहमतिबाट पारित गरेको हो।

महानगरपालिकाको उक्त निर्णयलाई सफल बनाउन जिल्ला ट्राफिक कार्यालय तथा स्थानीय संघसंस्थाहरूको समन्वयमा व्यापक जनचेतना कार्यक्रम सुरू गर्ने समेत निर्णय गरिएको जनाइएको छ।

प्लाष्टिकजन्य पदार्थबाट वीरगञ्ज महानगरक्षेत्रमा भएको प्रदूषणलाई मध्यनजर गर्दै आगामी पुस १७ देखि लागू हुने गरी प्लाष्टिकको ग्लास कप तथा प्लेटहरूको प्रयोग निषेध गर्ने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत भुसालको भनाइ थियो।

साथै, महानगर क्षेत्रभित्र रहेको ठूलो कृषिजन्य जमिनका कृषकले कृषि प्रयोजनका लागि महानगर क्षेत्रभित्रका ग्रामीण वार्डहरूका जग्गाधनीहरूका लागि कृषि मिटर जडान गर्ने तथा कृषि ऋणका लागि सिफारिस गर्ने कार्यपालिकाको बैठकमा निर्णय गरिएको छ।

महानगरको पहिलो चौमासिक अवधिको राजस्व असुली तथा खर्चको समीक्षा गर्न वडा अध्यक्ष ब्रह्मदेव कुर्मीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरी प्रतिवेदन दिन १ हप्ताको समय दिने समेत निर्णय गरको छ।