१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

डन राजन लिम्बू प्रहरी मुठभेडमा घाइते



अ+ अ-

काठमाडाैं, २१ मंसिर । नेपाल प्रहरीकाे अपराध महाशाखासँगकाे विशेष टाेलीसँग भएकाे भिडन्तमा खुँखार डन राजन लिम्बू घाइते भएका छन् ।

प्रहरीका अनुसार उनकाे दुबै खुट्टामा गाेली लागेकाे छ । प्रहरीकाे सर्वाधिक खाेजीकाे सूचीमा रहेका राजन विरूद्ध छ वटा डाका मुद्दा र उजुरी परेका छन् । उनले मानिसहरूलाइ पेस्ताेल देखाइ लुट्ने कार्य गरिअाएकाे प्रहरीकाे भनाइ छ ।

राजनले पछिल्लाे पटक २०७५ मंसिर १२ गते इटहरीस्थित अाइएमइबाट पीडितलाइ छुरा प्रहार गरी रू. ३ लाख लुटेका थिए ।

प्रहरीसँग कालाेपुल धाेबीखाेला काेरिडाेरमा मुठभेड भएकाे बताइएकाे छ ।

प्रहरीले राजनकाे साथबाट एउटा पेस्ताेल, पेस्ताेलकाे म्यागजिन र पेस्ताेलका चार थान गाेली पनि बरामद गरेकाे छ ।