२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार राजदूतकाे नाम संसदीय समितिद्वारा अनुमाेदन



अ+ अ-

काठमाडाैं, २३ मंसिर । प्रतिनिधिसभाको संसदीय सुनुवाई समितिकाे बैठकले विभिन्न चार मुलुकका लागि प्रस्तावित राजदूतहरुको नाम अाइतबार अनुमोदन गरेको छ ।

सिंहदरबारमा बसेकाे बैठकले भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि डा. अञ्जान शाक्य र संयुक्त अरब इमिरेट्स् यूएईका लागि कृष्णप्रसाद ढकालको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

समितिका सदस्यहरुले प्रस्तावित चारै जना राजदूतसँग उनीहरुको भावी कार्ययोजना, कार्यक्षमता, योग्यता र नेपालमा लगानीको सम्भावना लगायतका विषयमा प्रश्न गरेका थिए । प्रस्तावित राजदूत विरुद्ध व्यक्तिगत रुपमा कुनै उजुरी नआएको र समितिमा उठेका प्रश्नहरुमा उनीहरुले चित्तबुज्दो जवाफ दिएकाले सर्वसम्मतिले नाम अनुमोदान गरेको समिति सदस्य योगेश भट्टराईले जानकारी दिनुभयो ।

राजदूत नियुक्ती प्रकृया समावेशी हुन नसकेको भन्दै संसदीय समितिले सरकारको ध्यानाकर्षण समेत गराएको छ । अहिले नियुक्त भएका राजदूतहरु समावेशी ढंगले चयन हुन नसकेको भन्दै आगामी दिनमा राजदूत नियुक्त गर्दा समावेशी अवधारणा अपनाउन सरकारको ध्यानाकर्षण गराईएको सदस्य भट्टराईले बताउनुभयो ।

प्रस्तावित राजदूतहरुको बारेमा संसदीय समितिले अनुमोदन गरेपछि अब सरकारले उनीहरुको एग्रिमो सम्बन्धित देशमा पठाउने छ । एग्रिमो स्वीकृति भएर आएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

मन्त्रिपरिषद्को कात्तिक २५ गतेको बैठकले राजदूत नियुक्ति सम्बन्धी निर्णय गरेकाे थियाे । उहाँहरुमध्ये आचार्यसँग पूर्वमन्त्री एवं पूर्वराजदूत भएको अनुभव छ भने पाण्डेले यसअघि पनि राजदूतको जिम्मेवारी सम्हालीसक्नुभएको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव ढकालले यसअघि नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा कार्यवाहक राजदूतको जिम्मेवारी डेढ वर्ष सम्हाल्नुभएकाे थियाे ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशकलगायतका विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभएकी डा शाक्यले मुलुकको राष्ट्रिय हितलाई सर्वाेपरी राखेर सरकारको विकास र समृद्धिको लक्ष्यलाई आधार बनाएर आफूले कार्यसम्पादन गर्ने बैठकसमक्ष प्रतिबद्धता जनाउनुभयो ।