२४ पुष २०८१, बुधबार
,
Latest
सहकारी ठगी प्रकरणः प्रतिवादीका वकिलहरूको बहस सकियो उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगद्वारा अन्तरिम प्रतिवेदन पेश खेलकुदबाट देशलाई सबल बनाऔँ तर पहिला पूर्वाधार निर्माण गरौँः सांसदहरु अवरुद्ध पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालन मेटाले अमेरिकी तथ्य जाँच बन्द गर्नु ‘खतरनाक समय’को सुरूवात: रेसा एमाले छाडेको भनि गरिएको प्रचार एमाले र मविरुद्ध फैलाइएको सुनियोजित भ्रम र षडयन्त्रः सचिव भट्ट विद्युत नियमन आयोगको सेवा प्रभावकारी बनाउन अनलाइन ‘डिएमएस’ सञ्चालनमा ल्याइयो राष्ट्रिय गौरवका योजना बनाउन जनशक्तिको अभाव छः खेलकुदमन्त्री पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ नेप्से परिसूचक छ दशमलव ५३ अङ्कले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

लामाद्वारा पाँच एम्बुलेन्स सहयोग



अ+ अ-

चरिकोट, २४ मङ्सिरः नेपाली काङ्ग्रेसका नेता एवं सङ्घीय सांसद जिपछिरिङ लामाले दोलखाको पाँच स्थानीय तहलाई पाँच वटा एम्बुलेन्स हस्तान्तरण गर्नुभएको छ ।

लामाले दोलखाको तामाकोशी गाउँपालिका–३ जफे, कालीञ्चोक गाउँपालिका–९, जिरी नगरपालिका–१, मेलुङ गाउँपालिका–६ र विगु गाउँपालिकको स्वामित्वमा सञ्चालन हुने गरी एक एक वटा एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो ।

ग्रामीण क्षेत्रमा एम्बुलेन्स नभएकै कारण कतिपय बिरामी अस्तपालसम्म पुग्न नसकी मृत्यु हुने गरेको समाचार आउने गरेकोले त्यस्ता समस्या नभई बिरामीलाई सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स हस्तान्तरण गरेको सांसद लामाले बताउनुभयो ।

उहाँले गत वर्ष पनि दोलखाको खारेमा एक एम्बुलेन्स हस्तान्तरण गर्नुभएको थियो । एम्बुलेन्स वितरण कार्यक्रममा बोल्दै सांसद लामाले कसैलाई पनि भेद्भाव नगरी सेवा दिन सबैलाई आग्रह गर्नुभयो । “यो पार्टी र ऊ पार्टीको नभनी सबैलाई सेवा दिनुहोस्” सांसद लामाले भन्नुभयो, “मेरा लागि दोलखावासी सबै समान हुन अझै थप पाँच एम्बुलेन्स हस्तान्तरण गर्ने तयारीमा छु ।

उहाँले एम्बुलेन्स खरीदमा आफू सांसद भएपश्चात्को तलबभत्ता रकम खर्च गरेको बताउनुभयो । समाजसेवी एवं सांसद लामाले आफ्ना आमाबुबाको नाममा स्थापना गरेको तेङ्मा दाडोमा लामा स्मृति प्रतिष्ठानको नामबाट एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो ।