१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाथीभरा मन्दिरको भेटी दुई करोड



अ+ अ-

ताप्लेजुङ, २४ मङ्सिरः  ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार वर्षमा दुई करोड हाराहारी भेटी सङ्कलन भएको छ ।

गत २०७२ साल फागुन २२ देखि हालसम्म दर्शनार्थीले चढाएकोे भेटी रकम रु एक करोड ७२ लाख १५ हजार ५४६ पुगेको पाथीभरा भेटिपाती व्यवस्थापन समितिले जनाएको छ । सो रकम दर्शनार्थीले भेटीस्वरुप चढाएका हुन् ।

पछिल्लो पाँच महीनाको भेटी रकम गणनापछि सोमबार पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार १४ मुलुकका विदेशी मुद्रा गणना गर्न र सुनचाँदी नापतौल गर्न भने बाँकी छ । पछिल्लो पाँच महीनामा मात्रै ५३ लाखबढी भेटी रकम जम्मा भएको छ ।

हालसम्मको सबै रकम बैंकमा जम्मा गरिसकिएको छ । पछिल्लो एक वर्षको ८० क्विन्टल सिक्कासमेत सङ्कलन गरी सदरमुकाममा ल्याउने काम भइरहेको समितिका सदस्यसचिव उदय भट्टराईले जानकारी दिनुभयो ।

यस्तै ८५ हजार ३९० भारतीय रुपैयाँ सटही गर्न बाँकी छ । बर्षेनी पाथीभरामा स्वदेशी तथा विदेशी दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ ।