२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुमति बिनाको बेकरी क्याफे बन्द



अ+ अ-

नेपाल खाद्य, प्रविधि तथा गुणस्तरीय विभागबाट अनुमति नलिई नमोबुद्ध नगरपालिका–७ भकुण्डेमा सञ्चालित विष्णु बेकरी क्याफे बन्द गरिएको छ ।

अनुमतिबिना चार महीनादेखि तारादेवी गौतमले सञ्चालन गर्दै आएको बेकरी स्थानीय प्रशासनको अगुवाइमा गरिएको अनुगमन टोलीले सोमबार क्याफे बन्द गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी किरण थापाले अनुमतिबिना सञ्चालन गरिएको भकुण्डेमा रहेको सो बेकरी बन्द गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अनुमति नलिएसम्मका लागि उत्पादन, बिक्री वितरणमा रोक लगाएका छौँ ।” सहायक प्रजिअ थापा, विभागको जिल्लास्थित डिभिजन कार्यालयका खाद्य निरीक्षक शिव भण्डारी, जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि, नपाका प्रतिनिधि, ट्रान्सपेरेन्सी इन्टरनेशनल नेपालका प्रतिनिधि तथा प्रहरी सम्मिलित टोलीले नमोबुद्ध नपास्थित भकुण्डे बजारका अन्य ११ वटा होटल–पसलमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा म्याद नाघेको रु पाँच हजार बराबरको कोक, पेप्सी, स्प्राइट पेय पदार्थ नष्ट गरिएको छ । एघारै वटा होटलले मूल्यसूची नराखेको, अन्तःशुल्कबाट अनुमति नलिएको, होटल–पसलमा सरसफाइको कमी, मदिरा र अन्य खाद्य पदार्थ एकै स्थानमा राखिएको पाइएकाले होटल–पसल सञ्चालकलाई मापदण्डअनुसार सञ्चालन गर्न एक महीनाको समयसीमा दिइएको सहायक प्रजिअ थापाले जानकारी दिनुभयो ।

टोलीले भकुण्डेका तीनवटा हार्डवेयर पसलमा अनुगमन गर्दा ढक, तराजु अद्यावधिक नगरिएकाले तीन दिनभित्र अद्यावधिक नगरे बिक्री वितरण बन्द गर्ने चेतावनी दिएको छ । रासस