१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुपर ओभरमा विराटनगरद्वारा पोखरा पराजित



अ+ अ-

काठमाडौं। विराटनगर वारियर्सले लगातार दोस्रो विजय हात पार्ने क्रममा पोखरा राइनोजलाई सुपर ओभरमा पराजित गरेको छ । टस हारेर व्याटिङ गरेको पोखरा राइनोजले निर्धारित २० ओभरमा ७ विकेट गुमाइ ८४ रन मात्रै बनाउन सकेको थियो ।

जवाफमा आएको विराटनगर १९।३ ओभरमा ८४ रनमै अल आउट भयो । सुपर ओभरमा करण केसी एक्लैले पाउल कलिनको ओभरमा २० रन बनाएका थिए ।पोखराका व्याट्सम्याद्वय रिचर्ड लेभी र विनोद भण्डारीले १३ रन मात्रै बनाउन सके ।

पोखरा लगातार तेस्रो खेलमा पराजित भइ प्रतियोगिताबाट बाहिरने स्थितिमा पुगेको छ ।