२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक परिषद तेस्रो पटक स्थगित



अ+ अ-

काठमाडौं । संवैधानिक परिषदको मंगलबार साँझ बोलाइएको बैठक पनि स्थगित भएको छ । यससँगै प्रधानन्यायाधीश सिफारिस अझै पर धकेलिएको छ ।

यसअघि मंसिर १७ गते बसेको बैठक अनिर्णित भएपछि २२ गते बोलाइएको थियो । शनिबार परेको भन्दै आज मंगलबार बैठक राखिएको थियो तर, अन्तिम समयमा आएर स्थगित गरिएको हो ।

प्रधानन्यायाधीशको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दलका नेता शेरबहादुर देउवाबीच छलफल हुन बाँकी रहेकाले मंगलबारको संवैधानिक परिषदको बैठक स्थगित भएको स्रोतको भनाइ छ ।

प्रधान न्यायाधीश रिक्त हुनुभन्दा एक महिनाअघि नयाँको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ । वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्र उमेरका कारण पुस १७ गते अवकाश हुँदैछन् ।

संवैधानिक परिषद्को अर्को बैठक पुस ५ गते बोलाइएको छ । नयाँ प्रधानन्यायाधीशका लागि चोलेन्द्रशमसेर जबरा र दीपकराज जोशीको नाम न्याय परिषदले परिषदमा पठाएको छ ।

जोशी यसअघि संसदीय सुनुवाई समितिबाट अस्वीकृत भइसकेकाले चोलेन्द्र प्रधानन्यायधाधीश सिफारिस हुने सम्भावना छ ।