२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतिय विधानसभा चुनाबः पप्पू पास भए, त्यो पनि फर्स्ट डिभिजनमा



अ+ अ-


नयाँ दिल्ली । भारतीय सत्तारूढ दलको बलियो पकड रहेको राजस्थानको प्रारम्भिक मतगणनामा भारतीय कङ्ग्रेस
मजबुत देखिएको छ । कङ्ग्रेस छत्तिसगढमा पनि भाजपाभन्दा अगाडी देखिएको छ भने मध्य प्रदेशमा समानान्तर मत परिणाम ल्याउने देखिएको छ ।

त्यस्तै तेलङ्गनामा क्षेत्रीय दल तेलङ्गना राष्ट्र समिति टिआरएसले नेतृत्व गरेको छ भने मिजोरममा मिजो नेशनल फ्रन्टले प्रारम्भिक मतगणनामा निर्वाचनमा नेतृत्व गरिरहेका छन् ।

भारतमा वर्तमान निर्वाचनमा राहुल गान्धीको नेतृत्वलाई कति सफल वा असफल भनी मापन गर्ने कडीका रूपमा लिइएको छ भने प्रारम्भिक मतगणनाबाट कङ्ग्रेसको अवस्था मजबुत नै देखिएको छ । यद्यपि निर्वाचनको एकदमै प्रारम्भिक नतिजा आइरहेकाले यसैलाई मानक मानिहाल्न मिल्ने अवस्था भने छैन ।

जयपुरमा कङ्ग्रेस नेता सचिन पाइलटले भन्नुभयो, “निर्वाचन मतगणनाको प्रवाह हेर्दा भारतीय कङ्ग्रेसले राजस्थान, मध्यप्रदेश र छत्तिसगढमा राम्रो पकड जमाउने देखिएको छ । हामी विश्वस्त छौँ यो शुरूवाती परिणामले अन्तिमसम्म निरन्तरता पाउनेछ । ”

यसैगरी प्रारम्भिक मतगणनामा देखिएको झुकावप्रति प्रतिक्रिया दिँदै भाजपा नेता तथा गृहमन्त्री राजनाथ सिंले भन्नुभयो, निर्वाचन राज्य सरकारका गतिविधिलाई हेरेर आउने भएको र यसलाई नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारसँग तुलना गर्ने र मोदी सरकारको सफलता र असफलतासँग दाँज्न मिल्दैन ।

प्रारम्भिक मत गणना अनुसार राजस्थानमा कङ्ग्रेसको ९७ सीटमा, भाजपाको ७५ स्थानमा र १२ स्थानमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । यो प्रदेशमा कङ्ग्रेसको विकल्प भाजपा र भाजपाको विकल्प कङ्ग्रेस दिने गरेको इतिहास छ ।

यसैगरी परिणामले २३० सीट भएको राजस्थानको छिमेकी मध्यप्रदेशमा सुरुभएको २२४ सीटको मत गणनाले कङ्ग्रेसलाई ११२ सीट र भाजपालाई १०३ सीटमा अघि देखाएको छ ।

दक्षिणी राज्य तेलङ्गनामा क्षेत्रीय दल टिआरएसले ९० सीटमा अग्रता पाएको छ, कङ्ग्रेसले १६ सीटमा नेतृत्व गरेको छ भने टिडिपीले दुई र भाजपाले एक सीटमा नेतृत्व गरेको देखिएको छ ।

अर्को एक सानो राज्य मिजोरममा मिजो नेशनल फ्रन्टले २० सीट, कङ्ग्रेसले पाँच र भाजपाले एक स्थानमा अग्रता लिएको देखाइएको छ । निर्वाचन मत गणना मङ्गलबार अपरान्हसम्मको भएको सम्बन्धित राज्यका निर्वाचन कार्यालयहरूले जनाएका छन् । रासस