१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुबी भ्यालीमा जापानी सहयोगमा विद्यालय



अ+ अ-

कठमाडौं, २६ मंसिर । नेपालका लागि जापानका राजदूत मासामिची साइगोले धादिङ जिल्लाको रुबी उपत्यका गाउँपालिकास्थित च्यामरादेवी माध्यमिक विद्यालयको नवनिर्मित भवनको बुधबार उदघाटन गर्नुभयो ।

उक्त विद्यालय २०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएको थियो ।

जापान सरकारको करिब ९२ लाख रुपैयाँको सहयोगमा उक्त विद्यालयको पुनर्निर्माण गरिएको नेपालस्थित जापानी राजदूतावासले जनाएको छ ।

च्यामरादेवी माध्यमिक विद्यालयमा हाल ४०७ जना बालबालिका अध्ययनरत छन् । भूकम्पका कारण ठूलो क्षति भएका कारण विद्यार्थीहरुले खुला आकाशमुनि र अस्थायी टहरामा बसेर अध्ययन गरिरहेका थिए ।

नयाँ विद्यालय भवन निर्माण भएपछि विद्यार्थीको पठनपाठनमा ठूलो सहयोग पुगेको राजदूत मासामिचीले बताउनुभयो । नवनिर्मित उक्त विद्यालय भूकम्प प्रतिरोधी, सुविधाजनक र सुरक्षित अध्ययन स्थल बनेको छ ।

दूतावासका अनुसार नेपाल र जापानको सम्बन्धलाई जनस्तरमा विस्तार गर्न उक्त सहयोग कोशेढुंगा सावित हुनेछ ।