२२ भाद्र २०८३, सोमबार
,
Latest
हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिनाउले नबगाएको एमालेको तुष बगाउला नारायणीले ?



अ+ अ-

काठमाडौँ । नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिबशेन सकेर बुटवलबाट फर्कदै गर्दा नेताहरुले पार्टीभित्रको बिमति सबै तिनाउमा बगाएको र अब एमाले एक ढिक्का भएर अघि बढ्ने बताएका थिए ।तर तीनाउले छेउछाउमा नछोएको नारायणी किनारमा दशौँ राष्ट्रिय महाधिवेशन हुदैगर्दा एमालेका केही पूर्बनेता एमालेको महाधिवेशनबारे सञ्चारमाध्याम र पूर्ब कार्यकर्ताबाट जनकारी लिइरहेका छन् । पार्टीको पटक पटक कमाण्ड सम्हालेका नेताहरु यतिबेला नयाँ पार्टी गठन गरेर त्यसलाई नै बलियो बनाउन कस्सिएका छन् । 

एमाले अधिबेशनको अतिथीका रुपमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापासहित धेरै बिदेशी नेताहरुलाई बोलाएको छ । तर लामो समयसम्म एमाले निर्माणमा योगदान पुर्याएका नेताहरु माधब नेपाल झलनाथ खनालहरु भने छुटेका छन् । 

कम्युनिष्टहरुको परम्परा नै बसेको छ कि मिले चाटाचाट र छुटिए काटकाट। यही चलनअनुसार नै यतिबेला एमालेबाट बाहिरिएकाहरुसँग लगभग पानी बाराबारको अबस्था रहेको छ , एक अर्काले उछित्तो काड्न बाकि राखेका छैनन् । महाधिबेशमा आमन्त्रण गरिएकाहरु धेरैले जाने बचन दिँदा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने दोधारमा पर्नुभएको छ । नजाँदा पार्टीगत रुपमा एमाले र अध्यक्ष ओलीसंग बिग्रिएको सम्बन्ध झनै बिग्रने जादा माधब नेपालले चित्त दुखाउछन् कि भन्ने चिन्ता पनि देखिन्छ । 

महाधिबेशनबारे एमालेले जहाँ पत्रकार सम्मेलन गरेपनि वा नेताहरुले सञ्चारमाध्यामा प्रतिक्रिया दिएपनि सोधिने बिषय प्राय एउटै हुन्थो–नेकपका एकिकृत समाजबादी र त्यसका अध्यक्ष माधब नेपाललाई निम्ता दिनुहुन्छ कि हुदैन ? एमालेमा रहेका नेताहरुको एउटै जबाफ हुन्थो कि पार्टीका रुपमा चिन्दैनौै, सबै व्यक्तिलाई निम्ता दिन सम्भब पनि हुँदैन । एक पत्रकार सम्मेलनमा एमाले प्रचार बिभाग प्रमुख एबं सचिव योगेश भट्टराईले भन्नुभयो 'अप्राकृति सम्भोगबाट जन्मिएको पार्टीलाई हामीले चिन्दैनौँ । '

नेता भट्टराई पार्र्टी बिभाजन नहुदाँसम्म नेता माधब नेपालको साथमा रहनु भएको थियो । अध्यक्ष ओलीले पनि बुधबार सञ्चारकर्मीहरुसंग भन्नुभयो – माधब कुमार नेपाल र उहाँको गुटलाई एमालले पार्टी भनेर मान्न सक्दैन,   महाधिवेशनमापार्टी लाई बोलाएका छौँ, सबै व्यक्तिलाई बोलाउन मिलेन । आफ्नो पार्टीको सरकार ढालेर बिपक्षीको सरकार बनाउने अनुशासनहिन काम गर्ने अराजक समूहलाई पार्टी कसरी मान्ने ?

यसपटक बुटबलमा जस्तो ओलीलाई टक्कर दिने नेता नारायणी किनारमा छैनन् । अध्यक्षमा उठ्ने घोषणा गर्नुभएका भीम रावल पनि कति समयसम्म टिक्नु हुन्छ त्यो पनि शंकाकै घेरामा छ नै । लगभग निर्बिरोध बन्न लाग्नुभएका ओलीले यस पटक नारायणी किनारबाट फर्कंदा तिनाउमा जस्तो के बगाउनु होला ? हठी स्वभाबका ओली र एमालेबाट बाहिरिएका चरम महत्वाकांक्षी नेताहरुलाई ११ औँ महाधिबेशन भन्दा अगाडी कै साच्चीकै एकीकृत एमाले बनाउनुहोला ?

अनि अर्काे महत्वपूर्ण कुरा त यो छ कि बुटवलको तिनाउँ नदिले बगाउन नसकेको त्यो तुष के नारायणीमा बग्ला ? नबग्ने हो र यसैगरी बाँकी नै रहने हो भने आगामी दिनमा यस्ता अवैध गर्भधारणको खतरा पो रहन्छ कि ? तिनाउदेखि नारयणीको किनारसम्मको समीक्षा गरेकै राम्रो ।