१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोटो पत्रकार शाहलाई रिहा गर्न माग



अ+ अ-

काठमाडौँ: देशसञ्चार अनलाइनमा कार्यरत फोटो पत्रकार वर्षा शाहलाई राष्ट्रपति कार्यालय अगाडिबाट समाचार सङ्कलन तथा फोटो खिच्ने क्रममा प्रहरीले बिहीबार अपराह्न पक्राउ गरेको घटनाको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) विरोध गरेको छ ।

समूहले विज्ञप्ति जारी गर्दै उक्त घटनाले फोटो पत्रकारले स्वतन्त्रतापूर्वक फोटो खिच्न पाउने अधिकारको हनन भएको जनाएको छ ।

“पत्रकारको संविधान प्रदत्त अधिकारमाथि प्रहरीले गरेको हस्तक्षपको राष्ट्रिय फोटो पत्रकार समूह विरोध गर्दछ,” विज्ञप्तिमा भनिएको छ । पेशागत कामको शिलशिलामा खटिएका फोटो पत्रकारलाई पक्राउ गरिनु प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको एनएफपीजेले जनाएको छ ।

पक्राउ परेकी शाहलाई तत्काल रिहा गर्न एनएफपीजेले माग गरेको छ ।

यसैबीच, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले एक विज्ञप्ती प्रकाशन गरी समाचार संकलनका क्रममा प्रहरीले देशसञ्चार अनलाइनमा कार्यरत फोटो पत्रकार वर्षा शाहलाई पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएकाे छ ।

राष्ट्रपति निवास शीतल निवासअगाडि भएको विरोध प्रदर्शनको फोटो खिचिरहेकी पत्रकार शाहलाई प्रहरीले बिनाकारण पक्राउ गरेको भन्दै महासंघले स्वतन्त्रतापूर्वक पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारलाई बिनाकारण पक्राउ गरिनु प्रेस स्वतन्त्रताविरोधी कार्य रहेकाे जनाएकाे छ।

प्रहरीबाट भएको यस्ताे कार्यको घोर भत्र्सना गर्दछ भन्दै विज्ञप्तीमा यस्ता घटना नदोहो¥याउन र प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न महासंघ सम्बन्धित निकायसँग माग गर्दछ भनिएकाे छ ।