२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफुहरु अन्यायमा परेको भन्दै सिंहदरबारभित्रै कर्मचारीको नाराबाजी



अ+ अ-

काठमाडौं । निजामती कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । कर्मचारी समायोजन अध्यादेशको विरोध जनाउदै बुधबार सामान्य प्रशासन मन्त्रालयमा भेला भएका हुन्।

कर्मचारीहरुले आफ्ना मागहरु संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश कुमार थपालियालाई बुझाएका छन् ।

राजपत्राकिंत द्वितय श्रेणी भन्दा तलका कर्मचारीले कर्मचारी समायोजन अध्यादेशमा विरोध जनाउदै उनीहरुले निजामती सेवा ऐन २०४९ को दफा ५८ को सेवा सर्तको सुरक्षा सम्बन्धि व्यवस्थाको प्रतिकूल एवं प्राकृतिक न्यायका सिद्धान्तको समेत विपरित कर्मचारी समायोजन अध्ययादेश आएको भन्दै विरोध जनाएका छन् ।

देशको भाग्य र भविष्य निर्माणमा राजनीति सँगै काँधमा काँध मिलाएर हिड्नुपर्ने कर्मचारीलाई अन्यायमा पर्ने गरी तयार गरिएका व्यवस्थाहरु प्रति आफूहरुको गम्भीर असहमती भएकाले तत्काल सच्चाई समायोजन अध्यादेश कार्यान्वयन गर्ने व्यवस्थाका गर्न माग गरेका छन् ।

स्थानीय तह र प्रदेश तहमा समायोजन हुने कर्मचारी केन्द्रमा बढुवा र सरुवा हुने व्यवस्था हटाएपछि उनीहरु आन्दोलित भएका हुन् ।