२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफुहरु अन्यायमा परेको भन्दै सिंहदरबारभित्रै कर्मचारीको नाराबाजी



अ+ अ-

काठमाडौं । निजामती कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । कर्मचारी समायोजन अध्यादेशको विरोध जनाउदै बुधबार सामान्य प्रशासन मन्त्रालयमा भेला भएका हुन्।

कर्मचारीहरुले आफ्ना मागहरु संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश कुमार थपालियालाई बुझाएका छन् ।

राजपत्राकिंत द्वितय श्रेणी भन्दा तलका कर्मचारीले कर्मचारी समायोजन अध्यादेशमा विरोध जनाउदै उनीहरुले निजामती सेवा ऐन २०४९ को दफा ५८ को सेवा सर्तको सुरक्षा सम्बन्धि व्यवस्थाको प्रतिकूल एवं प्राकृतिक न्यायका सिद्धान्तको समेत विपरित कर्मचारी समायोजन अध्ययादेश आएको भन्दै विरोध जनाएका छन् ।

देशको भाग्य र भविष्य निर्माणमा राजनीति सँगै काँधमा काँध मिलाएर हिड्नुपर्ने कर्मचारीलाई अन्यायमा पर्ने गरी तयार गरिएका व्यवस्थाहरु प्रति आफूहरुको गम्भीर असहमती भएकाले तत्काल सच्चाई समायोजन अध्यादेश कार्यान्वयन गर्ने व्यवस्थाका गर्न माग गरेका छन् ।

स्थानीय तह र प्रदेश तहमा समायोजन हुने कर्मचारी केन्द्रमा बढुवा र सरुवा हुने व्यवस्था हटाएपछि उनीहरु आन्दोलित भएका हुन् ।