२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आइएमईले १६ प्रतिशत शेयर लाभांश दिने



अ+ अ-

काठमाडौँ । ग्लोबल आइएमई बैंकले आफ्नो शेयरधनीलाई १६ प्रतिशत शेयर लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

सञ्चालक समितिको प्रस्तावअनुसार बैंकले आव २०७४/७५ को मुनाफा समेतबाट उक्त शेयर लाभांश प्रदान गर्ने घोषणा गरेको हो । सञ्चालक समितिले सोही हदसम्म जारी पूँजी वा चुक्ता पूँजी वृद्धि गर्ने विशेष प्रस्तावसमेत स्वीकृत गरेको छ । बैंक सञ्चालक समितिको यही पुस १ गते बसेको बैठकले शेयर लाभांशसम्बन्धी निर्णय गरी आज नेपाल स्टक एक्सचेन्जलाई जानकारी गराएको हो ।

बैंकले प्रस्ताव गरेको उक्त शेयर लाभांश नेपाल राष्ट बैंकबाट स्वीकृत तथा बैंकको साधरणसभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई वितरण गरिने छ । बैंकले यही पुस २७ गते साधारणसभा बोलाएको छ ।

बैंकले अधिकृत पूँजी रु १० अर्बलाई वृद्धि गरी रु १६ अर्ब पुर्याउने महत्वकाङ्क्षी योजनासमेत सार्वजनिक गरेको छ ।

बैंकको चालु आवको पाँच महीनामा रु सात अर्ब ७० करोडले वृद्धि भई निक्षेप ११४ अर्ब २१ करोड पुगेको छ भने कर्जा नौ अर्ब ३० करोडले वृद्धि भई १०२ अर्ब ६७ करोड पुगेको छ ।

काबेलीले ३५ प्रतिशत शेयर लाभांश दिने

काबेली विकास बैंकले आफ्ना शेयरधनीलाई ३५ प्रतिशत शेयर लाभांश वितरण गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७४७५ को मुनाफाबाट शेयर लाभांश वितरण गर्न लागेको हो ।

बैंक सञ्चालक समितिको मङ्गलबार बसेको बैठकले शेयर लाभांशसम्बन्धी निर्णय गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त शेयर लाभांश नेपाल राष्ट बैंकबाट स्वीकृत तथा बैंकको साधरणसभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई वितरण गरिने छ ।

बैंकको हाल कायम रहेको रु २१ करोड पाँच लाख ९० हजार ४०० शेयरपूँजीको ३५ प्रतिशत रु सात करोड सैतीस लाख छ हजार ६४० को शेयर लाभांश प्रदान गर्न लागेको हो । शेयर लाभांश वितरणपछि बैंकको चुक्ता पूँजी रु २८ करोड ४२ लाख ९७ हजार ४० पुग्नेछ । रासस