२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुदानित रासायनिक मल मनोमानी मूल्यमा बिक्री



अ+ अ-


धनगढी । कैलाली जिल्लाका कतिपय सहकारी संस्थाले सरकारको अनुदानित रासायनिक मलको मूल्य मनोमानी ढङ्गले तोकेर किसानलाई बिक्री गरिरहेको पाइएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड धनगढीका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले मलको कारोवारबारे गरिएको स्थलगत अनुगमनका क्रममा जिल्लाका कतिपय सहकारी संस्थाले मनोमानी ढङ्गले मलको मूल्य निर्धारण गरी बिक्री गरिरहेको पाइएको जानकारी दिनुभयो ।

कर्पोरेशनको अनुगमन टोलीले दुई दिनअघि कैलालीका धनगढी उपमहानगरपालिका, भजनी नगरपालिकाका साथै बर्दगोरिया, जोशीपुर र कैलारी गाउँपालिकामा सरकारी अनुदानको मलको कारोवार गरिरहेका सहकारी संस्था एवं कृषक समूहको कारोवारबारे स्थलगत अनुगमन गरेको थियो ।

स्थानीय तहको सिफारिसमा साल्ट ट्रडिङ कर्पोरेशनले सम्बन्धित क्षेत्रका सहकारी संस्थालाई अनुदानित रासायनिक मल बिक्री वितरण गर्दै आएको छ । सहकारी संस्थाले किसानलाई यो मल बिक्री गर्दै आएका छन् ।

अनुदानको रासायनिक मलको बिक्री मूल्य सहकारी संस्थापिच्छे फरकफरक रहेको पाइएको अनुगमन टोलीको नेतृत्व गर्नुभएका सहायक महाप्रबन्धक पाण्डेले राससलाई जानकारी दिनुभयो । “५० किलोको अनुदानको युरिया मल प्रतिबोरा बढीमा रु ९०० मा बेच्नुपर्नेमा रु ९५० मा बिक्री गरेको पाइएको छ” पाण्डेले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी संयोजक रहने मलखाद आपूर्ति तथा वितरण व्यवस्थापन जिल्लास्तरीय समितिको बैठकमा जिल्लाभरि नै ५० किलोको प्रतिबोरा युरिया रु ९००, डिएपी रु दुई हजार ४०० र पोटास रु एक हजार ८०० मा बिक्री गर्नुपर्ने अनौपचारिक सहमति विपरीत उक्त मलको मनोमानी मूल्यवृद्धि गरिएको पाण्डेले बताउनुभयो ।

मलको मूल्यमा एकरुपता नभएको, ५० किलोभन्दा घटी परिमाणमा मल खरीद गर्न चाहनेले मल नपाउनेजस्ता कारणले लक्षित साना किसानले मल नपाउने, मलको अभाव हुनेलगायतका समस्या सिर्जना हुने गरेको बताइएको छ ।

मलको मूल्य मनोमानी ढङ्गले वृद्धि गरेर किसानलाई बिक्री गर्ने गरेको भए पनि मूल्यमा एकरुपता कायम गर्नमा स्थानीय तह उदासीन देखिएको गुनासो किसानले गर्न थालेका छन् । कर्पोरशनले गएको साउनदेखि मङ्सिरसम्म सुदूरपश्चिम प्रदेशका २० वटा स्थानीय तहले गरेको सिफारिशका आधारमा सम्बन्धित क्षेत्रका सहकारी संस्थालाई अनुदानित युरिया मल २० हजार ९९७ बोरा, डिएपी २५ हजार ९३८ बोरा र पोटास दुई हजार १०६ बोरा बिक्री गरेको छ ।

यस्तै गैरअनुदानित एसएसपी सादा प्रतिबोरा छ हजार ९२६, एसएसपी जिंक प्रतिबोरा दुई हजार ७७७, एसएसपी बारोन प्रतिबोरा ९७८ बोरा र एसएस प्रतिबोरा ७९३ बिक्री गरेको जनाएको छ ।

परिपत्रको पालना भएन

प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गएको जेठ महीनामा अनुदानित सरकारी मलखाद के कति मूल्यमा बिक्री वितरण भइरहेकाको छ त्यसको मूल्य प्रमाणीकरण गरी पठाइदिन स्थानीय तहलाई गरेको परिपत्रको अहिलेसम्म पालन नभएको पाइएको कर्पोरेशनका मलखाद फाँटका रामचन्द्र जोशीले बताउनुभयो ।

केही स्थानीय तहले मन्त्रालयको परिपत्रको पालना गरेको भए पनि अधिकांश स्थानीय तहले मलको मूल्य प्रमाणीकरण गरी नपठाएको देखिएको जोशीले जानकारी दिनुभयो । कैलाली जिल्लामा अहिले पनि रासायनिक मलखादको अभाव देखिएको छ ।

मङ्सिर पहिलो हप्ता गहुँ छरेका किसानलाई यति बेला युरिया मलको अभाव भएको हो । सरकारी अनुदानको मल साल्ट ट्रडिङ र कृषि सामग्री कम्पनी लिमिटेडमार्फत् सहकारी संस्था एवं कृषक समूहमा बिक्री गर्ने गरिएको छ । रासस