२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्ज भन्सारको ज्यादति, सवारीसाधन आवातजावत पार्यो ठप्प



अ+ अ-


वीरगञ्ज । वीरगञ्ज भन्सारबाट सवारीसाधनमा आवातजावतमा रोक लगाईएको छ । बढ्दो भन्सार छलि र तस्करी रोक्न भन्दै भन्सार कार्यालयले बुधबारबाट सवारीसाधनमा कडाई गरेर आवातजावात ठप्प पारेको हो।

सिमापार आवतजावत गर्दा सवारीसाधनबाट उत्रिएर तोकेको स्थानबाट मात्रै पैदल यात्रा गर्न भन्सार कार्यालयले आदेश जारी गरेको छ । तर, बृद्धबृद्धा र शारिरिक अपाङगता भएकाहरु ब्यत्तिलाई भने यो नियम बाध्यकारी नहुने कार्यालयले स्पष्ट पारेको छ ।

स्थानीय राजनीतिक दलबाट नै यसको विरोध हुदाँ हुदै वीरगञ्ज भन्सार नाकाबाट हुने पोके तस्करी नियन्त्रण गर्नसमेत यात्रु लेन प्रभावकारी हुने भन्दै सुधारको बाटो रोजेको भन्सारर कार्यलयले जानकारी दिएको छ ।

यता, भन्सार क्षेत्रमा सर्वसाधरणलाई अनावश्यक दुःख दिएको भन्दै वीरगञ्ज भन्सार कार्यालयको मुल गेटमा युवाहरुले प्रदर्शन गरेका छन् । उनीहरुले भन्सार प्रशासनबिरुद्ध नाराबाजीसमेत गरेका छन् ।

आन्दोलनकारीले दिउँसो वीरगञ्ज भन्सार क्षेत्रमा झण्डै एक घण्टा प्रदर्शन गरेका थिए ।