२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस बैठक पुनः स्थगित



अ+ अ-

काठमाडौं । राजधानीमा चलिरहेको नेपाली कांग्रेस महासमितिको बैठक पुनः स्थगित भएको छ ।

बुधबार केही समय बैठक बस्दा कांग्रेसको संशोधन गर्न भनिएको विधान मस्यौदा नै नपाएपछि महासमिति सदस्यहरुले होहल्ला गरेका थिए ।

महासमिति सदस्यहरुबीच मंगलबार धक्कामुक्का भएपछि बन्दसत्र स्थगित भएको थियो ।

शीर्ष नेताहरुबीच सहमति भएको भनिएको विधान संशोधनका विषयमा केन्द्रीय कार्यसमितिमा छलफल आवश्यक रहेको भन्दै बन्दसत्र स्थगित गरिएको एक नेताले बताए ।

कांग्रेसको महासमिति बैठक शनिबारदेखि शुरु भएको छ । बैठकमा महासमिति सदस्य र पर्यवेक्षक गरी करीव १ हजार ७ सय सहभागी छन् ।