२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालयमा हतियार राख्न पाउनु पर्ने भन्दै राष्ट्रपति समक्ष सिफारिस



अ+ अ-


वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गठन गरेको विद्यालयको सुरक्षासम्बन्धी विज्ञहरुको अध्ययन टोलीले विद्यालयका कर्मचारीलाई हातहतियार राख्न दिन सिफारिस गरेको छ ।

गत फेबु्रअरीमा पार्कल्याण्ड, फ्लोरिडामा पूर्व विद्यार्थीले गोली प्रहार गरेर १७ जनाको हत्या भएपछि गठन गरिएको टोलीले मङ्गलबार यस्तो सिफारिस गरेको हो । उक्त सिफारिसमा पूर्व सैनिकहरुलाई गार्डका रुपमा राख्ने तथा ओबामा प्रशासनले ल्याएको हतियार राख्नेसम्बन्धी निर्देशिका खारेज गर्ने सुझाव दिइएको छ ।

शिक्षा सचिव बेट्सी डिभोसको नेतृत्वमा गठन भएको समितिले बन्दुक राख्न पाउने उमेरको हद बढाउनुपर्ने मागलाई अस्वीकार गरेको छ । एक सय ८० पृष्ठ लामो उक्त प्रतिवेदनमा शिक्षकहरुलाई हिंसा नियन्त्रणका लागि तत्काल गर्नु पर्ने र प्रभावकारी कामका बारेमा सिकाउन पनि सिफारिस गरिएको छ ।

विद्यालय क्षेत्रमा प्रहरीलाई तत्काल पुग्न सक्ने बनाउने व्यवस्था ग्रामीण क्षेत्रका लागि उपयोगी हुन सक्ने समितिको सिफारिस छ ।

समितिको सिफारिसमा बरिष्ठ सुरक्षा अधिकारीहरु र पूर्व प्रहरी उच्च अधिकारीहरुको पनि समर्थन रहेको बताइएको छ । उनीहरुले पनि यही सिफारिस नै प्रभावकारी र उपयुक्त हुने बताएको समितिका सदस्यहरुले जनाएका छन् । रासस