२४ जेष्ठ २०८३, आईतवार
,
Latest
परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुलाई सुरुङ मार्गबाट कार्यक्रम स्थल ल्याईने



अ+ अ-


सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा हुन लागेको राष्ट्रिय जलवायु सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुलाई मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग हुदै कार्यक्रम आउनु पर्ने भएको छ ।

स्वच्छ नेपाल, स्वस्थ नेपाली भन्ने मुल नाराका साथ हुन लागेको राष्ट्रिय जलवायु सम्मेलनमा सहभागी हुने प्रतिनिधिलाई १० किलोमिटर सुरुङ मार्ग हुँदै कार्यक्रम स्थलमा ल्याउन लागिएको आयोजकहरुको भनाई रहेको छ ।

आउदो पुस १६ र १७ गते मेलम्ची नगरपालिका ९, ज्यामिरे गुफाडाँडामा जलवायु सम्मेलनको सुरुवात हुन लागेको हो । काठमाडौको सु्न्दरीजलदेखि सिन्धु अडिट मार्ग हुदै प्रतिनिधिहरुलाई सम्मेलन स्थलमा ल्याउने योजना बनाएको जनाएको छ ।

सुन्दरीजलदेखि सिन्धु अडिटसम्मको १० किलोमिटर सुरुङ मार्गबाट प्रतिनिधिहरुलाई ल्याउनका लागि मेलम्ची खानेपानी आयोजनासँग छलफल भएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए ।