२४ जेष्ठ २०८३, आईतवार
,
Latest
परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सी र टेटनह्याम हट्स्पर काराबाओ कप फुटबलको सेमिफाइनलमा



अ+ अ-


काठमाडौँ । चेल्सी र टटनह्याम हट्स्पर काराबाओ कप फुटबलको सेमिफाइनलमा पुगेका छन् । गएराती भएको खेलमा जित हात पार्दै दुबै टोली अन्तिम चारमा स्थान बनाउन सफल भएका हुन् ।

बर्टन एल्बियन र म्यानचेष्टर सिटि यसअघि नै सेमिफाईनलमा प्रवेश गरिसकेका छन् । सेमिफाइनलमा चेल्सी र टटनहाम तथा सिटी र एल्बियनबीच प्रतिस्पर्धा हुनेछ । होम एण्ड अवेका आधारमा खेलाईने सेमिफाईनका खेल सन् २०१९ को जनवरी ८ र २२ मा हुनेछ ।

क्वाटरफाईनलका पछिल्लो खेलमा चेल्सीले वर्नमाउथलाई १–० गोल अन्तरले पराजित गरेको हो । ईडन हाजर्डले ८४ औँ मिनेटमा गरेको गोल नै चेल्सीलाई सेमिफाईनल पुग्नका लागी पर्याप्त भयो । आर्सनललाई २–० गोल अन्तरले स्तब्ध पार्दै टटनह्यामले अन्तिम चारमा स्थान पक्का गरेको हो । उसका लागि सन हङ्ग मिन र डेल अलिले गोल गरे । बीबीसी