२४ जेष्ठ २०८३, आईतवार
,
Latest
परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

छपाई बिग्रेका नोटहरु सटाहि हुने



अ+ अ-

काठमाडौँ । छपाइ बिग्रेका नोटहरुको सटही गरी पुन नयाँ नोट लिनको लागि राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ । मेशिनरी त्रुटिका कारण छपाइ बिग्रेका नोट बजारमा भेटिन थालेपछि बिग्रेका नोटहरुको संकलनका लागि राष्ट्र बैंकले सुचना जारी गरेर फिर्ता लिन लागेको हो । बुधबार सार्वजनिक सूचना मार्फत राष्ट्र बैंकले पुर्ण मुल्य बराबरको रकमको भरपाई गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकबाट छपाइ गरिएका नोटहरूमा छपाइ बिग्रेको वा कुनै किसिमको त्रुटि भएको पाइएमा उक्त नोटहरू सट्टा भर्ना गरिने भएकाले आफ्नो नजिकको राष्ट्र बैंकको कार्यालयमा गई सटही गर्न सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ,’राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

सूचनामा आफूलाई पायक पर्ने जुनसुकै राष्ट्र बैंकको साखा मार्फत छपाइ बिग्रेका नोट सटही गर्न आग्रह गरे पनि सर्वसाधारणलाई अन्य बैंक तथा वित्तीय संस्थामार्फत पनि सटही सुविधा दिइने राष्ट्र बैंकले जनाएको छ ।