२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेडको ब्याजदर बढेसँगै एसियाली बजार ओरालो



अ+ अ-

हङकङ । अमेरिकी केन्द्रीय बैंक (फेड) ले ब्याजदरमा वृद्धि गरेसँगै अमेरिकी र एसियाली शेयर बजार ओरालो लागेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्याजदर नबढाउन पटकपटक आग्रह गरेपनि फेडका अध्यक्षले यसैवर्ष चौथो पटक ब्याजदर बढाउनु भएको छ ।

अमेरिकी सेयर बजारको सूचक डाउ यस वर्ष २०१८ मा सबैभन्दा तल्लो बिन्दुमा पुगेको छ । फेडका अध्यक्ष जेरोम पावेलले आर्थिक सन्तुलन कायम राख्न ब्याजदर बढाउनै पर्ने बाध्यता रहेको बताउनुभएको छ ।

फेडको बोर्डको सर्वसम्मत निर्णयका आधारमा निकै सोचविचार गरी ब्याजदर शून्य दशमलब २५ प्रतिशत बढाइएको बैंक अध्यक्ष जेरोमले बताउनुभयो । अब बैंकको ब्याजदर २ दशमलब ५ प्रतिशत पुगेको छ ।

लगानीकर्ताहरुले विश्वकै आर्थिक वृद्धिमा आगामी वर्ष केही न्यून हुने भएका कारण अमेरिकी केन्द्रीय बैंक केही नरम हुने अपेक्षा गरेका थिए ।

“अमेरिकी केन्द्रीय बैंक शेयर बजारको ठूलो मित्र रहँदै आएको छ, तर अहिले केही शत्रुजस्तो देखिन थाल्यो,” नुभीनका प्रमुख रणनीतिज्ञ बब डोलले बताउनुभयो ।

फेडले दुईवटा मात्र ब्याजदर वृद्धिको योजना रहेको जनाएको छ । अमेरिकी अर्थतन्त्रको वृद्धि र मुद्रास्फितीलाई ध्यान दिएर ब्याजदरमा समायोजन गर्नुपरेको फेडको भनाइ छ ।

नेसनल अस्ट्रेलियन बैंकका रणनीतिज्ञ रे आट्रिलले अर्को वर्ष पनि फेडले ब्याजदरमा समायोजन गर्न सक्ने सङ्केत दिएकाले बजार अस्थिर हुनसक्ने बताउनुभयो ।

फेडको ब्याजदर वृद्धिको असर बिहीबार एसियाली शेयर बजारमा प्रस्टैसँग अनुभव गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धले पहिल्यै कठिन परिस्थितिबाट गुज्रिरहेको शेयर बजारमा समस्या आएको हो । तथापि विश्वका दुई ठूला अर्थतन्त्र भएका चीन र अमेरिकाबीचको व्यापार युद्धलाई मत्थर बनाउन अहिले ९० दिनको युद्धविराम भएको छ, र दुबै मुलुकबीच आगामी जनवरीमा वार्ता शुरु हुने योजना छ ।

टोकियो शेयर बजार बिहीबार १ दशमलब ७ प्रतिशतले घटेको छ । चीनको शाङघाई पनि शून्य दशमलब ५ प्रतिशतले घटेको छ । जापान र चीनका केन्द्रीय बैंकले शेयर बजारमा नकारात्मक असर पर्न नदिन ब्याजदरमा परिवर्तन गरेका छैनन् । बैंक अफ चाइनाले तरलता कायम राख्न नयाँ योजना पनि घोषणा गरेको छ ।

सियोल र सिड्नीको शेयर बजारमा कमी आएको छ । रासस