२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेपेलाई भित्र्याए बार्सिलोना छाड्छु : मेस्सी



अ+ अ-


स्पेन । स्पेनिस कल्ब बार्सिलोनाले रियल मड्रिडका पूर्वडिफेन्डर पोर्चुगिज पेपेलाई भित्र्याउने निर्णय गरेसँगै कल्बमा तनाब बढेको छ । बार्सिलोनाले नयाँ खेलाडिको रुपमा पेपेलाई ल्याउने कदम चालेकाले तनाब चुलिएको हो । अन्तर्राष्ट्रिय मिडियाका अनुसार बार्सिलोना पेपे भित्र्याएर रक्षापंक्ति बलियो बनाउने योजनामा देखिएको थियो ।

तर, टोलीका कप्तान लिओनल मेस्सीले पेपेलाई भित्र्याउने कुरामा असहमति जनाएपछि बार्सिलोना आफ्नो कट्टर प्रतिस्पर्धी रियलका पूर्वखेलाडी भित्र्याउने योजनाबाट पछि हटेको छ । मिडिया रिपोर्टअनुसार बार्सिलोनाले पेपे भित्र्याउने तयारी थाल्दा मेस्सी भने त्यसो विपक्षमा देखिए । र कल्ब छाड्ने बिचारमा देखिएपछि निर्णय खारेज गरेको थियो ।

अन्ततः ड्रेसिङ रुममा समस्या हुन सक्ने देखेपछि बार्सिलोना पेपे भित्र्याउने दौडबाट पछि हट्यो ।

२ वर्षअघि रियल मड्रिड छाडेर टर्किस क्लब बेसिकटास पुगेका पेपेलाई हालसालै उनको क्लबले रिलिज गरिदिएको छ । उसले पेपेसँग सम्झौता नगर्ने र उनी फ्रि ट्रान्सफरमा जहाँ पनि जान सक्ने भन्दै बाटो खुला गरिदिएपछि पेपेका लागि बार्सिलोनाले चासो दिएको थियो । बार्सिलोनाकै अधिकारीले पनि मिडियासँग बोल्दै यसको संकेत दिएका थिए ।

तर, ‘फक्स’ मा प्रकाशित समाचारअनुसार पेपे भित्र्याउने कुरामा मेस्सीले अनिच्छा देखाएका थिए । विगतमा रियल मड्रिडबाट खेल्दा मेस्सी र पेपे बीच पटक–पटक मैदानमा असमझदारी द्वन्द्व देखिएको थियो । त्यसै पनि बार्सिलोनाका थुप्रै खेलाडीसँग पेपेको सम्बन्ध राम्रो छैन ।

अर्कातिर उमरेका हिसाबले पनि पेपे यतिबेला ३५ वर्षका भए । बढ्दो उमरेले गर्दा पनि पेपेलाई ठूला क्लबले उति चासो नदिएको बताइन्छ ।

पछिल्ला रिपोर्टअनुसार पेपे भित्र्याउन इंग्लिस क्लब उल्भसले तयारी थालेको छ । रियल मड्रिडमा छँदा पेपे रक्षापंक्तिका सबैभन्दा प्रमुख हतियार थिए । उनी मैदानमा झगडालु र रिसाहा खेलाडीका रूपमा चिनिन्थे । ऐजेन्सी