२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई महीनादेखि विद्युत् उत्पादन बन्द



अ+ अ-

नवलपरासी । पश्चिम नवलपरासीको सूर्यपुरामा रहेको गण्डक जलविद्युत् केन्द्रमा विगत दुई महीनादेखि विद्युत् उत्पादन बन्द भएको छ ।

नहरको सरसफाइ र मर्मतसम्भार गर्ने गरी भारतीय गण्डक नहरमा पानी बन्द भएका कारण नहरमा आवश्यकताअनुसार पानी नहँुदा विद्युत् उत्पादन गृहमा लामो समयदेखि विद्युत् उत्पादन बन्द हुन पुगेको हो ।

कार्यालयका अनुसार भारतीय पक्षले गण्डक नहरमा गत कात्तिक ६ गतेदेखि नहरमा पानी बन्द गरेपछि नहरमा आवश्यक पानी नहुँदा उत्पादन बन्द हुन पुगेको छ । भारतीय पक्षले प्रत्येक वर्ष एक पटक गण्डक नहरको मर्मतसम्भार र सरसफाइ गर्ने भनेर करीब दुई महीनाका लागि नहरमा पानी बन्द गर्ने गर्दछ । सो अवधिभर विद्युत् उत्पादन गृहमा विद्युत् उत्पादन बन्द हुने निश्चित छ ।

विद्युत् उत्पादन गृहमा विद्युत् उत्पादनका लागि कम्तीमा पनि चार हजार क्युसेक पानी आवश्यक पर्दछ । अहिले आवश्यकताअनुसार नहरमा पानी नहुँदा उत्पादन बन्द छ । तत्कालै अब नहरमा आवश्यक पानी आएपछि पुनःविद्युत् उत्पादन गृहबाट विद्युत् उत्पादन गर्ने गृहको योजना छ ।

प्रतिदिन ३।५ देखि चार युनिट विद्युत् उत्पादन हुने यस विद्युत् उत्पादन गृहमा करीब दुई महीनादेखि विद्युत् उत्पादन नहुँदा सरकारलाई दैनिक लाखौँ राजश्व घाटा हुँदै आएको अवस्था देखिन्छ ।

विद्युत् उत्पादन गृहको स्थापनाकालमा तीन वटा टवाईन जडित गरी दैनिक १५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको भए पनि विगत दश वर्षदेखि दुई वटा टवाईन पूर्णरुपमा बिग्रिएर थन्किएका छन् ।

नहरमा आवश्यकताअनुसार पानी भएको अवस्थामा लामो समयदेखि एउटा मात्र टवाईन सञ्चालनमा आउने हुँदा क्षमताभन्दा निकै कम करीब ३।५ देखि चार मेगावाट मात्र विद्युत् उत्पादन हुने गर्दछ । रासस