२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तालिबानको आक्रमणबाट दुई प्रहरी अधिकृतको मृत्यु



अ+ अ-


अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा तालिबान लडाकूको आक्रमणबाट बिहीबार राति दुईजना प्रहरी अधिकारीको मृत्यु भएको छ ।

बाघलान प्रान्तको दहाना जिल्लाका स्थानीय प्रहरी ९एएलपी० कमाण्डर सलिम कोची र अर्का प्रहरी अधिकृतको हत्या भएको प्रान्तीय प्रहरी प्रमुख अक्रमुद्दिन सारेहले बताउनुभयो । विद्रोहीले उनीहरु चढेको मोटरमा घेरा हाली आक्रमण गरेका थिए ।

जमान खिल भन्ने स्थानमा भएको विद्रोहीको त्यस आक्रमणबाट प्रहरीका धेरैवटा सवारी साधनमा समेत क्षति पुगेको छ । उक्त स्थान प्रान्तीय राजधानी पुल–ए–खुम्रीको बाहिरी इलाका हो ।

प्रहरीको जवाफी फायरिङबाट विद्रोही लडाकूहरु पनि मारिएको र घाइते भएको प्रहरीले जनाएको छ । यस आक्रमणको तालिबान लडाकू समूहले जिम्मेवारी लिएको छ ।

अफगानिस्तानमा सन् २०१४ को अन्त्यबाट अमेरिकाआवद्ध नेटो सेनाले अफगान युद्ध सकिएको घोषणा गरेयता विद्रोहीको आक्रमण तीव्र भएको छ । युद्धबाट अफगान सैनिक हताहत हुनेक्रम बढेको छ ।

अफगानिस्तानमा दिनदिनै शान्तिसुरक्षाको स्थिति बिग्रिएपछि युद्धरत विद्रोहीहरुलाई वार्तामा ल्याउन प्रयास थालिएका छन् । रासस