२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोइला बालेर सुत्दा निसास्सिएर छोराको मृत्यु, आमा बेहोस



अ+ अ-

डडेल्धुरा । अत्यधिक जाडोका कारण कोठामा आगोको कोइला राखेर सुत्दा एक बालकको मृत्यु भएको छ भने आमा बेहोस भएकी छन् । बैतडी जिल्ला मेलौली नगरपालिका–२ घर भई हाल डडेल्धुरा बस्दै आएका अन्दाजी १३ वर्षीय विनोद भट्टको गए राति मुत्यु भएको छ भने उनकी आमा हीरा भट्ट बेहोस रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

जाडोका कारण कोठामा मक्कलमा आगोका कोइला राखेर ढोका थुनी सुतेका आमा छोरा आज बिहान निसास्सिएर बेहोस भएको अवस्थामा फेला परेपछि उपचारका लागि उनीहरुलाई उपक्षेत्रीय अस्पताल पु¥याइएका थिए । अस्पतालले छोरा विनोदको करीब छ घण्टा अगाडिनै मृत्यु भएको अनुमान गरिएकोे छ ।

डडेल्धुरा सदमुकाम नजिकै रहेको वैजनाथ मावि मौरोडामा कक्षा ६ मा अध्ययनरत विद्यार्थी रहेको बुझिएको प्रहरीले जनाएको छ । मृत्यु भट्टका बुबा कामको सिलसिलामा विदेशमा छन् ।

अक्सिजन पर्याप्त रुपमा नपाउँदा निसास्सिएर १३ वर्षीय विनोद भट्टको मृत्यु भएको छ भने आमालाई थप उपचारका लागि डडेल्धुराबाट धनगढी रिफर गरिएको छ । अमरगढी नगरपालिका–५ डडेल्धुरा पेनेसिया एकेडेमीमा केयरटेकरको रुपमा कार्यरत हीरा भट्टको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।