१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीमा भिषण आगलागी, लाखौको क्षती



अ+ अ-

म्याग्दी सदरमुकाम बेनीमा एक घरमा आगलागी हुँदा करीब रु १३ लाख बराबरको क्षति भएको छ । बेनीको न्यूरोडस्थित विक्रम विकको चार तले घरको माथिल्लो तलामा रहेको कोठामा शुक्रबार बिहान आगलागी हुँदा रु १२ लाख ८५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ब्लकले बनाएको माथिल्लो तलाको कोठामा आगलागी हुँदा नगद रु २ लाख ७० हजार सहित महत्वपूर्ण सामानहरु जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक विर बहादुर बुढामगरले जानकारी दिनुभयो । प्रारम्भिक अनुसन्धानको क्रममा विद्युत सर्ट भएर आगलागी भएको देखिएको प्रहरीले जनाएको छ ।
विहान करिब ८ बजे कोठाबाट धुवाँको मुस्लो निस्किएपछि आगलागी भएको थाहा पाएको घरधनी विकले बताउनुभयो । आगलागीमा तीन थान मोवाइल, गरगहना समेत जलेको बताइएको छ । स्थानीयबासी र प्रहरीको सहयोगमा करिब ४५ मिनेटको निरन्तर प्रयासपछि आगलागीलाई नियन्त्रणमा लिईएको थियो । रासस