२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरका डान्स बार, रेष्टुराँ र सिनेमा हलबाट २८४ बालबालिकाको उद्धार



अ+ अ-

ललितपुरः नेपाल प्रहरीले डेढ महिनादेखि ललितपुरमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरेपछि आपराधिक गतिविधि नियन्त्रण कार्य प्रभावकारी बन्दै गएको छ । यस क्रममा काठमाडौँ उपत्यकामा २८४ बालबालिकालाई विभिन्न डान्सबार, रेष्टुराँ र सिनेमा हलबाट नियन्त्रणमा लिई कानूनी कारवाही गरिएको छ ।

‘सामुदायिक संस्थागत विद्यालयका प्रधानाध्यापकको लागि समुदाय प्रहरी साझेदारी अवधारणासम्बन्धी अभिमुखीकरण’ कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले सामुदायिक प्रहरी सेवा केन्द्र अपराध नियन्त्रण महाशाखाले हाल देशभर १९२ सामुदायिक केन्द्र स्थापना गरेको बताउनुभयो । कूल ७५३ स्थानीय तहमध्ये ७४३ सँग साझेदारी गरिएको उहाँको भनाइ छ । “हरेक व्यक्तिले प्रहरीलाई अपराध नियन्त्रण गर्न सहयोग गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

सामाजिक सञ्जालको दुरुपयोगले समाजमा हत्या, हिंसा, सम्बन्धबिच्छेद, जबर्जस्ती करणीलगायत घटना बढ्दै गएको पाइएको छ । प्रहरीले सामाजिक सञ्जालका कारण बढेका हिंसाका घट्ना सम्बन्धी विवाद सुल्झाउँदै लगेको सुवेदी बताउनुहुन्छ ।

“अठार वर्षभन्दा कम उमेरका किशोरी जबर्जस्ती करणीको शिकार हुने गरेका छन्,” उहाँले भन्नुभयो ।

आपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीसँगै स्थानीय तह र विद्यालयले साझेदारी कार्यक्रा सञ्चालन गर्नु आवश्यक छ ।

प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले अभिमुखीकरण कार्यक्रममा “समाजका बढ्दै गएको साइबर, मानव बेचबिखन, यौन दुराचार, हिंसालगायत घटना नियन्त्रण गर्न सबैको प्रयास हुनुपर्छ” भन्नुभयो ।