६ आश्विन २०८१, आईतवार
,
Latest
कोशी प्रदेश सभा: बजेट पारित, २२ महिनापछि समितिका सभापति चयन ‘पानी रङ्ग’को सहरमा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? नरेशले ममताको हत्या गरी फरक–फरक ठाउँ डिस्पोज गरेका थिए
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलविद्युत् कम्पनीले दश प्रतिशत शेयर लाभांश दिने



अ+ अ-

काठमाडौँ । सरकारी स्वामित्वको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई दश प्रतिशत शेयर लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीले चुक्ता पूँजीको दश प्रतिशत अर्थात् रु एक अर्ब बराबरको शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्तावअनुसार शेयर लाभांश वितरण गर्दा लाग्ने कर बराबर हुन आउने रु २१ करोड ५२ हजार ६३१ बराबरको नगद लाभांश समेत प्रदान गर्ने भएको छ । तर सो प्रस्तावलाई यही पुस ३० गते आयोजना गरिएको सातौँ वार्षिक साधारणसभाले पारित गर्नुपर्नेछ ।
यस्तै कम्पनीले चुक्ता पूँजीको एक बराबर एकको दरले हकप्रद शेयर बिक्री गर्ने निर्णय यसअघि नै गरिसकेको छ । हाल कम्पनीको कूल चुक्ता पूँजी रु दश अर्ब रहेको छ । त्यसमा ८० प्रतिशत सरकारी स्वामित्वका संस्थाको रहेको छ भने २० प्रतिशत सर्वसाधारणको लगानी रहेको छ ।
कम्पनीले हालसम्म विभिन्न १४ आयोजनामा रु आठ अर्ब माथि लगानी गरेको छ । हकप्रद शेयर बिक्री पछि कम्पनीको पूँजी बढेर रु २२ अर्ब पुग्नेछ । अघिल्ला आर्थिक वर्षहरूमा कम्पनीले पाँच प्रतिशतका दरले नगद लाभांश दिँदै आएको थियो ।
कालिकाले आठ प्रतिशत शेयर लाभांश दिने
यस्तै कालिका लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई आठ प्रतिशत शेयर लाभांश दिने भएको छ । नेपाल राष्ट्र बैंकले संस्थाको प्रस्ताव आइतबार स्वीकृत गरेको हो ।
संस्थाको रु दश करोड चुक्ता पूँजीको आठ प्रतिशतले हुने रु ८० लाख र रु चार लाख २१ हजार ५३ कर प्रयोजनका लागि नगद लाभांश समेत स्वीकृत भएको छ । सो प्रस्तावलाई साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ ।
यस्तै सिद्धार्थ बैंक लिमिटेडले शेयर मूल्य समायोजन गरेको छ । बैंकले पाँच प्रतिशत शेयर लाभांश दिने निर्णयपछि आज मूल्य समायोजन गरेको हो । शेयर लाभांशपछि बैंकले रु ३०९ मा मूल्य समायोजन गरेको हो । बैंकको औसत शेयर मूल्य रु ३५५ रहेको छ । । रासस