६ आश्विन २०८१, आईतवार
,
Latest
‘पानी रङ्ग’को सहरमा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? नरेशले ममताको हत्या गरी फरक–फरक ठाउँ डिस्पोज गरेका थिए अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुत्केरीलाई घ्यू र अण्डा



अ+ अ-

बैतडी । मातृ मृत्युदर र शिशु मृत्यदर कम गर्नका लागि पुर्चौडी नगरपालिकाले आमा सुरक्षा कार्यक्रमअन्तर्गत ‘उपप्रमुखको कोसली’ कार्यक्रम सञ्चालन गरेको छ ।

सरकारले घोषणा गरेको आमा सुरक्षा कार्यक्रममलाई थप प्रभावकारी बनाउन कार्यक्रम सञ्चालन गरिएको पुर्चौडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोद कुँवरले जानकारी दिनुभयो । सो कार्यक्रमअन्तर्गत सुत्केरी भएका महिलाले उपप्रमुखको तर्फबाट पोषण तथा सरसफाइ प्रवद्र्धन किट प्राप्त गर्ने छन् । बहुक्षेत्रीय पोषण योजनाअन्तर्गत उक्त कार्यक्रम लागू भएको हो ।

चार पटक गर्भवती जाँच गरेको, स्वास्थ्य संस्थामै सुत्केरी भएको र सुत्केरी भएपश्चात सात दिनसम्म कम्तीमा तीन पटक सुत्केरी जाँच गराएको हुनुपर्ने लगायतका मापदण्ड पूरा गरेका महिलालाई उपप्रमुखको कोसेली प्रदान गरिनेछ । सुत्केरी भएका महिलाले उक्त मापदण्ड पूरा गरे नगरेको सम्बन्धित स्वास्थ्य संस्थामा अभिलेख रहने बताइएको छ । मातृ मृत्युदर र शिशु मृत्युदरलाई कम गर्नका लागि पोषण तथा सरसफाइ सामग्रीसहितको झोला उपप्रमुखको तर्फ सुत्केरी महिलालाई प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

उक्त कार्यक्रमअन्तर्गत नगरपालिकाका सुत्केरी महिलालाई आफूले पोषणसँगै सरसफाइ किट वितरण गर्ने नगर उपप्रमुख जानकी बमले बताउनुभयो । संस्थागत सुत्केरी कायम गर्नमा सहयोग र सुत्केरी पश्चात हुने आमा शिशुको स्वास्थ्यमा समेत कुनै असर नपर्ने लगायतको उपलब्धि हासिल गर्न यस कार्यक्रमले सहयोग पुग्ने उहाँ बताउनुहुन्छ । पोषणमा सुत्केरी महिलालाई घ्यू र अण्डा दिइने छ भने सरसफाइ किटमा साबुन, तेल, ब्रसलगायत सरसफाइका सामग्री दिइनेछ । सुत्केरी भएको सातौं दिनमा उपप्रमुखले उक्त कोसेली वितरण गर्ने बताइएको छ । सो कार्यक्रमका लागि नगरपालिकाले रु सात लाख छुट्याएको छ । रासस