६ आश्विन २०८१, आईतवार
,
Latest
सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? नरेशले ममताको हत्या गरी फरक–फरक ठाउँ डिस्पोज गरेका थिए अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट मार्क्सवादी दिसानायके श्रीलंकाको भावी राष्ट्रपति हुने, रनिल विक्रमासिंघेको हार
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमेश्वरगढीको गुरुयोजना तयार



अ+ अ-


भरतपुर । चितवनको माडीस्थित धार्मिक तथा एतिहासिक क्षेत्र सोमेश्वरगढीको गुरुयोजना तयार भएको छ । माडी नगरपालिकाले सोमेश्वरगढीलाई पर्यटनको मुख्य केन्द्रका रुपमा विकास गर्न गुरुयोजना निर्माण गरिएको हो ।

दश वर्षीय गुरुयोजना निर्माणको जिम्मा आर एण्ड आर इञ्जिनीयरिङ कन्सल्टेन्सीलाई दिइएको थियो । आइतबार एक कार्यक्रमकाबीच सो कन्सल्टेन्सीका प्रमुख इञ्जिनीयर डा राजन सुवालले माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकाललाई गुरुयोजना हस्तान्तरण गर्नुभयो । रु ६ लाख ५० हजारको लागतमा निर्माण गरिएको सो गुरुयोजनालाई दुई भागमा विभाजन गरिएको छ ।

तल्लो भागमा सूचना घर, बनभोज स्थल, शालिग्राम उद्यान, लभर्स पार्क, गोलपार्कलगायत निर्माण गरिने छ । हेलिप्याडसहितको गोलपार्कमा नेपालको सबैभन्दा अग्लो झण्डा राखिने पर्यटन विकास समिति माडीका अध्यक्ष नारायण पौडेलले जानकारी दिनुभयो । माथिल्लो भागमा शिव मन्दिर, सोमेश्वर कालिका मन्दिर र भ्यू टावर निर्माण गरिने छ । भ्यू टावरबाट नेपाल र भारतका विभिन्न क्षेत्रको अवलोकन गर्न सकिनेछ ।

“पूर्वाधार निर्माण गरिए पर्यटकको चहलपहल बढ्ने छ,” उहाँले भन्नुभयो, “सोमेश्वरको विकासले समग्र माडीको पर्यटनलाई टेवा पुग्नेछ ।” माडीको पर्यटन विकासका लागि एकीकृत रणनीतिक पर्यटन विकास योजना निर्माण गरिएको छ । सोमेश्वर–गोद्धकनाथ–बैकुण्ठ क्षेत्र–माछापोखरी र शनि मन्दिरलाई जोडेर एकीकृत पर्यटन क्षेत्र निर्माण गरिने पौडेलको भनाइ छ ।

माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले सोमेश्वरगढीको विकासका लागि नगरपालिकाले रु एक करोड बजेट विनियोजन गरेर सडक निर्माणको काम गरिरहेको बताउनुभयो । “अन्य पर्यटनका गन्तव्य जोडेर माडीलाई पर्यटनको ‘हब’का रुपमा विकास गरिनेछ,” उहाँले भन्नुभयो । गुरुयोजना अनुसार काम सम्पन्न गर्न करीब रु ९० करोड खर्च लाग्नेछ ।

पूर्वाधार क्षेत्र विकास कोषको रु ४१ लाख र पर्यटन मन्त्रालयले रु ५० लाख विनियोजन गरिसकेको प्रमुख ढकालले बताउनुभयो । प्रदेश सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । सोमेश्वर क्षेत्र नजिकै नेपाल–भारतको ४५ नं सीमा स्तम्भ छ । यही पर्वत शृङ्खलामा सोमेश्वरगढी छ । तत्तकालिन पाल्पाका राजा मुकुन्दसेनले अङ्ग्रेजबाट बच्न उक्त गढी निर्माण गरेको बताइन्छ । पर्यटन मन्त्रालयले नेपालका ७० नयाँ गन्तव्यको सूचीमा माडीको सोमेश्वरगढीलाई पनि छनोट गरेको छ । रासस