१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषिमन्त्री खनालसँगै देखिए कुख्यात डाका, स्थानीय त्रसित



अ+ अ-

तौलिहवा । कृषिमन्त्री चक्रपाणि खनालले प्रमुख जिल्ला अधिकारी अर्जुन पोखरेललाई डाँका मुद्धामा फरार अभियुक्तलाई एउटै मञ्चमा राखेको स्रोतले खुलासा गरेको छ ।

आठ वटा हत्या, डकैती, अपहरण लगायतका मुद्दामा फरार रहेका नसिम खानसँगै कृषिमन्त्री खनाल र पोखरेलसँगै बसेर पुस ३ गते कपिलवस्तुको मायादेवी– २ अभिरावमा आयोजित कवि सम्मेलनमा सहभागिता जनाएका हुन् ।

अपराधिलाई देखेपछि पुलिसलाई खबर गर्नुको सट्टामा मन्त्री खनाल र प्रजिअ पोखरेल एउटै मञ्चमा अपराधिसँगै बसेपछि स्थानीय सर्वसाधारणमा त्रसित भएका हुन् ।

प्रहरीको फरार सूचीमा रहेका खानमाथि ७ वटा कर्तव्य ज्यान र एउटा डांका मुद्दा दर्ता गरेको छ । भने एउटा डाँका मुद्दा सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा विचाराधीन छन् । एउटा मुद्दा जिल्ला प्रहरी कार्यालयमा परेको छ ।