६ आश्विन २०८१, आईतवार
,
Latest
व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? नरेशले ममताको हत्या गरी फरक–फरक ठाउँ डिस्पोज गरेका थिए अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट मार्क्सवादी दिसानायके श्रीलंकाको भावी राष्ट्रपति हुने, रनिल विक्रमासिंघेको हार भुक्तानी नपाएपछि लुम्बिनी क्षेत्र भित्र निर्माणका काम ठप्प, निर्माण व्यवसायी धर्नामा
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल २० स्वर्णसहित च्याम्पियन



अ+ अ-


काठमाडौँ । भारतको मुम्बइमा यही ७ र ८ गते सम्पन्न एशिया कप चौथो अन्तर्राष्ट्रिय कराँते च्याम्पियनशीपमा नेपाल च्याम्पियन बनेको छ । प्रतियोगितामा नेपाल खेलकूद विज्ञान प्रतिष्ठानको टोली काता र कुमेततर्फ गरी २० स्वर्ण र दुई रजत हात पार्दै टिम च्याम्पियन बन्न सफल भएको नेपाल खेलकूद विज्ञान प्रतिष्ठानका निर्देशक नवीन उप्रेतीले जानकारी दिनुभयो ।

नेपाल खेलकूद विज्ञान प्रतिष्ठान ९सान०ले जुनियर खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव दिलाउने उद्देश्यले सहभागिता गराएको प्रतियोगितामा सोनिम मानन्धरले तीन स्वर्ण हात पारे । उनले जुनियर ४५ केजी तौल समूहको कुमिते, जुनियर काता र सिनियरतर्फको कातामा गरी तीन स्वर्ण हात पारेको निर्देशक उप्रेतीले जानकारी दिनुभयो ।

स्वर्ण जित्ने क्रममा सञ्जु देशारले ३५ केजी कुमिते तथा यु–१३ काता गरी दुई स्वर्ण, मुना शाक्यले ४० केजी कुमिते र यू–१४ काता दुवैमा स्वर्ण हात पारे ।

यस्तै दुई स्वर्ण हात पार्नेमा अस्मिता राई, रश्मी पाण्डे, विमला नेपाली र हृषभराज गिरी रहेका छन् । अश्मिताले ५५ केजी कुमिते र यू–१५, रश्मीले ४५ केजी कुमिते र यू–१६ काता, विमलाले सिनियर ४५ केजी कुमिते र सिनियर काता तथा हृषभले यू–१६ ५५ केजी कुमिते र कातामा स्वर्ण हात पारे ।

सूर्यविक्रम भण्डारी र राजकुमार श्रेष्ठले एक स्वर्ण र एक रजत हात पारे । सूर्यले यू–१५ केजी कुमितेमा स्वर्ण र कातामा रजत पाए । राजकुमारले सिनियर ६७ केजी तौलको कुमितेमा स्वर्ण र खुल्ला कातामा रजत पाए । सिनियरतर्फ अङ्कित गुरुङले ५० केजी, सुविना खत्रीले ५५ केजी र अनिष लामाले ६० केजी कुमितेमा स्वर्ण हात पार्न सफल भए ।

नेपाल खेलकूद विज्ञान प्रतिष्ठाने विसं २०७२/७३ र ७४ मा राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण हात पार्ने खेलाडीको क्षमता अभिवृद्धि गर्ने र अन्तर्राष्ट्रियस्तरमा नतिजामूलक उपलब्धि हासिल गर्ने उदेश्यले अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव दिलाउने उद्देश्यले पहिलोपटक कराते खेलाडीलाई मुम्बइमा आयोजना भएको प्रतियोगितामा सहभागिता गराएको हो । रासस