१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालयमा सौर्य ऊर्जा जडान



अ+ अ-

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको दुर्गम तथा विकट क्षेत्रका तीन सामुदायिक विद्यालयमा सौर्य ऊर्जा जडान गरिएको छ ।

विद्यालयको प्रशासनिक र शैक्षिक गतिविधिलाई प्रविधिको प्रयोग गरेर सहज, प्रभावकारी र व्यवस्थित बनाउन वातावरण मन्त्रालयअन्तर्गत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा सौर्य ऊर्जा जडान गरिएको हो ।

मालिका गाउँपालिकाको राष्ट्रिय मावि, डाँडागाउँको अमरज्योति मावि र देवीस्थानको भीम माविमा दुई किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरी विद्युत् आपूर्ति गराइएको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिनुभयो ।

केन्द्रले एउटा विद्यालयका लागि चार लाख रु ५७ हजार ८९० अनुदान उपलब्ध गराएको थियो । सोलार ढुवानी र जडानका लागि विद्यालयले आन्तरिक स्रोत परिचालन गरेका थिए । सौर्य ऊर्जा जडान भएपछि विद्यालयमा कम्प्युटर कक्षा र विज्ञान प्रयोगशाला सञ्चालन, प्रशासनिक काम र अन्य शैक्षिक गतिविधिमा सहज भएको भीम माविका प्रअ डम्बर घर्तीले बताउनुभयो । रासस