१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभरटनको पोस्टमा टोटेनह्यामको आधा दर्जन गोल



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत हिजो भएको खेलमा टोटेनह्याम हट्सपरले एभरटनलाई फराकिलो अन्तरमा हराएको छ।

टोटेनह्याम हट्सपरले एभरटनलाई उसकै घरेलु मैदान गुडिसन पार्कमा ६–२ गोल अन्तरमा हार चखाएको हो।
खेलको २१ औं मिनेटमा वाल्कटलेले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएपनि एभरटनले आधा दर्जन गोल भेटेको हो

टोटेनह्याम हट्सपरले २७ औं मिनेटमा दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले बराबरी गोल फर्काए। त्यसपछि खेलको ३६ औं मिनेटमा डेले अलीले गोल गर्दै टोटनह्यामको अग्रता २–१ मा झारेका थिए । पहिलो हाफको अन्तिम तीन मिनेटमा इंग्लिस फरवार्ड ह्यारी केनले गोल गर्दै टिमले पहिलो हाफमा ३–१ को अग्रता बनाएको थियो ।

दोस्रो हाफको सुरुवात ४८औं मिनेट मा क्रिस्टियन एरिक्सन, ६१ औं मिनेटमा एरिक लामेलाको पासमा सन,७४ औं मिनेटमा ह्यारी केनले सनकै पासमा गोल गर्दै टोलीका लागि आधा दर्जन गोल गर्दै फराकिलो जित पक्का गरे। एभरटनको दोस्रो गोल भने गिल्फी सिगार्डसनले ५०औं मिनेटमा गरेका थिए ।

यो जितसँगै टोटेनहम लिगको तेस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको लिभरपुलले १८ खेलमा ४८ अंक जोड्दा म्यानचेस्टर सिटी ४४ र टोटेनहम ४२ अंकमा छन्। भने चेल्सी र आर्सनलको समान ३७ रहेको छ ।