६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरियाले १० हजार नेपाली कामदार लग्ने, दोस्रो साता भाषा परीक्षाको आवेदन



अ+ अ-

काठमाडौं । रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत १० औं भाषा परीक्षाको आवेदन फागुन दोस्रो साता खुल्ने भएको छ । इपिएस नेपाल शाखाका अनुसार कोरियाले आगामी सन् २०१९ का लागि नेपालबाट १० हजारभन्दा बढी कामदार लैजाने तयारी गरिरहेको छ ।

कोरिया सरकारले हालै आगामी वर्षका लागि आफ्नो देशमा आवश्यक पर्ने विदेशी कामदारको संख्या निर्धारण गरेसँगै नेपालले १० हजारभन्दा बढीको कोटा पाउने भएको हो । नेपाली कामदाको कार्यक्षमता उत्कृष्ट रहेको जनाउँदै कोरियाले कोटा बढाएको हो ।

कामदार छनोट गर्न फागुनमा भाषा परीक्षाको सूचना आह्वान गरी जेठको अन्तिम र असार पहिलो साता परीक्षा गर्ने तयारी भइरहेको जनाइएको छ । वैदेशिक रोजगार विभाग इपिएस शाखाले विगतको वर्षको उत्तीर्ण संख्याका आधारमा आगामी वर्षका लागि नेपालले अनुमानित १० हजार कोटा पाउने जानकारी गराएको हो ।