१४ भाद्र २०८३, आईतवार
,
Latest
भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु रसुवामा खाद्यसामग्री वितरण सुरु सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोकको बोतलमा रक्सी मिसाएर किशोरीलाई सामूहिक बलात्कार



अ+ अ-

काठमाडौं । कोकको बोतलमा रक्सी मिसाएर दुई युवकले भद्रपुरकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ।

घटनामा संलग्न दुई युवकमध्ये एकजनालाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेको छ। अर्का एक फरार रहेको झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका ४ फागुचोकका ३२ वर्षीय घरबहादुर लिम्बू र फरार भएकामा सोही ठाउँका २८ वर्षीय राजेश राजवंशी हुन्।

राजवंशी भारतको सीमाना नजिकै भएकाले उतैतर्फ भागेको प्रहरी आशंका छ। उनको खोजी कार्य पनि पारिएको श्रेष्ठको भनाइ छ।

प्रहरीका अनुसार गत आइतबार दुईजना किशोरीलाई ती युवकले कोक खान जबरजस्ती गरेपछि किशोरीले पहिलेदेखि चिनजानको आधारमा उनीहरुको कुरा स्वीकार गर्दै कोक खाएका थिए। किशोरले गलत नियतले कोकमा रक्सी मिसाएको कुरा भने युवतीले पत्तो पाएनन्।

प्रहरीका अनुसार दुई किशोरी मध्ये एकलाई बढी नशा लागेको चाल पाएपछि युवकले नजिकैको जंगलमा लगेर बलात्कार गरेका हुन्। किशोरीलाई बेहोश बनाएर उनीहरु जंगलबाटै फरार भएका थिए।

साँझसम्म दुवै किशोरी घर नफर्केपछि परिवार खोजतलास गरेका थिए। बलात्कारबाट जोगिएकी किशोरी घर आएपछि बलात्कारको घटना सार्वजनिक भएको हो। परिवारले उक्त घटना थाहा पाएपछि महेशपुर प्रहरी चौकीमा जानकारी गराएका थिए।

परिवारले शुक्रबार प्रहरी कार्यालय झापामा किटानी जाहेरी दिएका थिए। उक्त किटानी जाहेरीकै आधारमा प्रहरीको लिम्बूलाई शनिबार भद्रपुर–२ स्थित डिगाउँबाट पक्राउ गरेको हो। समाचार अन्नपूर्ण पोष्टमा छ ।