१४ भाद्र २०८३, आईतवार
,
Latest
भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु रसुवामा खाद्यसामग्री वितरण सुरु सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढोलाहिटी–लेले सडकमा दुई बर्षमा २० प्रतिशत काम



अ+ अ-

काठमाडौँ । सडक विस्तारको काम शुरु भएको दुई वर्ष नाँघ्दा पनि ढोलाहिटीदेखि लेले सरस्वती कुण्डसम्मको सडकको काम जम्मा २० प्रतिशतभन्दा बढी हुन सकेको छैन ।

सर्वोच्च अदालतले सडक विस्तार रोक्न अन्तरिम आदेश जारी गरेपछि काम अवरुद्ध हुँदा प्रगति कम देखिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । यो सडकको निर्माण अवधि तीन वर्ष रहेकामा दुई वर्ष सकिँदा पनि भौतिक प्रगति भने ज्यादै कम देखिएको हो ।

स्थानीयवासीले पहिले घरको मात्रै मुआब्जा माग्दै आएकामा अहिले जग्गाकोसमेत मुआब्जा मागेको आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो । स्थानीयवासी एकजुट भएर मुआब्जा नपाउँदासम्म काम गर्न नदिने अडानमा छन् । नगरपालिकाले पहल गर्दा पनि स्थानीयवासी सडक विस्तारका लागि जग्गा छाड्न नमानेका हुन् । उहाँले भन्नुभयो, “जनप्रतिनिधिले चाहेर पनि सडक विस्तारको काम हुन सकिरहेको छैन ।”

यस सडकको दायाँबायाँ रहेका रुखका कारणले पनि लामो समयसम्म काम अवरुद्ध भएको आयोजनाले जनाएको छ । अहिले वन विभागबाट स्वीकृति लिएर रुख हटाइएको छ । पहिले स्थानीयवासीले घरको मात्रै मुआब्जा माग्ने गरेकामा अहिले जग्गाकोसमेत मुआब्जा माग गरिरहेका छन् । उहाँले भन्नुभयो, “सम्बन्धित निकायबाट यस सडकका लागि सहयोग नहुँदा नहुँदा ठेकेदारले काम अघि बढाउन पाएको छैन ।”

उपत्यकामा विस्तार हुन लागेका १२सडकमध्ये यो सडक एक हो । करिव १० किलोमिटर लामो सो सडक २०७३ जेठ महिनादेखि निर्माण शुरु गरिएको थियो ।