१४ भाद्र २०८३, आईतवार
,
Latest
भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु रसुवामा खाद्यसामग्री वितरण सुरु सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसारकै ठूलो जहाज ‘एअरल्यान्डर’ यसकारण थन्कियो



अ+ अ-

काठमाडौँ । संसारकै सबभन्दा ठूलो जहाज ‘एअरल्यान्डर १०’ ग्राउन्डेड भएको छ। छ वटा परीक्षण उडान सकेर यो जहाज अब थन्किने भएको हो।

नमूनाका रूपमा बनेको यो पहिलो मोडलका आधारमा अब नयाँ जहाज बन्नेछन्। सन् २०२० मा नयाँ एअरल्यान्डर १० आकाशमा देखिने उत्पादक कम्पनी हाइब्रिड एअर भेइकल्स ले जनाएको छ।
इंल्यान्डको बेडफोर्डसायरमा रहेको कम्पनीलाई यी मोडलका अरू जहाज उत्पादन गर्न बेलाचतको नागरिक उड्ययन प्राधिकरणले अनुमति दिएको छ।


अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार तीन सय फिट लामो जहाजको दोस्रो परीक्षण उडानमा दुर्घटना भएको थियो। छेठौं परीक्षण उडान भने सफल भएको बताइएको छ। अब यसका कमजोरीहरू सुधारेर नयाँ जहाज उत्पादन थालिने कम्पनीले बताएको छ।
लक्जरीु जहाज एअरल्यान्डर १० मा १५० फिट लामो क्याबिन छ। जसमा सुइट कोठा तथा बारको सुविधा छ। यसमा शिशाको भुइँ छ।


दुई वटा जहाज जोडिएका जस्तो देखिने एअरल्यान्डर १६ हजार फिटसम्मको उचाइमा पुग्ने क्षमता राख्छ। बढीमा १९ जना यात्रु बोकेर यो तीन दिनसम्म उडिरहन सक्छ।
अब बन्ने नयाँ मोडलको एअरल्यान्डरको आकार पनि अहिलेकै जत्रो हुनेछ। अरू प्रविधि र सुविधाका बारेमा भने कम्पनीले जनाएको छैन।