१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाराजगञ्जबाट ५ सेनेगल नागरिक पक्राउ, माछाको सिद्रा ४ पोका बरामद



अ+ अ-

काठमाडौं । प्रहरीले महाराजगञ्जबाट ५ जना सेनेगल नागरिकहरुलाई पक्राउ गरेको छ । गएराति शंकास्पद वस्तुहरु रहेको सुचनाको आधारमा उनीहरुलाई साम्ला होटलबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा ३६ वर्षीय गेया मामाजु, ३४ वर्षीय सेला मोहमद र ३२ वर्षीय सिददे सोले लगायत रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी परिसरका अनुसार ती विदेशी नागरिकबाट वनस्पतीजन्य औषधी, नक्कली कपाल ३० थान, सिद्रा माछा ४ पोका, खरायोको सुकुटी, बनस्पती झार २ पोका र पिठो २ पोका बरामद भएको हो ।

पक्राउ परेका ५ चै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।