२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाराजगञ्जबाट ५ सेनेगल नागरिक पक्राउ, माछाको सिद्रा ४ पोका बरामद



अ+ अ-

काठमाडौं । प्रहरीले महाराजगञ्जबाट ५ जना सेनेगल नागरिकहरुलाई पक्राउ गरेको छ । गएराति शंकास्पद वस्तुहरु रहेको सुचनाको आधारमा उनीहरुलाई साम्ला होटलबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा ३६ वर्षीय गेया मामाजु, ३४ वर्षीय सेला मोहमद र ३२ वर्षीय सिददे सोले लगायत रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी परिसरका अनुसार ती विदेशी नागरिकबाट वनस्पतीजन्य औषधी, नक्कली कपाल ३० थान, सिद्रा माछा ४ पोका, खरायोको सुकुटी, बनस्पती झार २ पोका र पिठो २ पोका बरामद भएको हो ।

पक्राउ परेका ५ चै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।