२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीपीएलमा आज सन्दीप टोलीमा पर्ने सम्भावना न्यून



अ+ अ-

काठमाडौं । बंगलादेशमा जारी बीपीएलमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आवद्ध सिलेट सिक्सर्सले मंगलबार कोमिल्ला भिक्टोरियन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । उक्त खेल नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ ।

टिमले चौथो खेल खेल्न लाग्दा सिलेट सिक्सर्स तालिकाको छैटौं स्थानमा रहेको छ ।

पछिल्ला खेलमा विकेटविहीन बनेका सन्दीपले मंगलबारको खेलमा स्थान पाउने सम्भावना न्यूून छ । सिक्र्ससले आज सन्दीपको स्थानमा दक्षिण अफ्रिकाका अनुभवी स्पिनर इमरान ताहिरलाई खेलाउन सक्ने बताइएको छ ।

सिलेटले अहिलेम्म १ खेलमा जित हात पार्दा २ खेलमा पराजित भएको छ । कोमिल्ला भने ४ मध्ये २ खेलमा जित हात पार्दै चौथो स्थानमा रहेको छ ।