२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रामक समाचार लेखेको आरोपमा नेपाल टक र मुक्तिखबर डटकमका सञ्चालक पक्राउ



अ+ अ-

काठमाडौं । विवेकशील साझा पार्टिको नेतृ रञ्जु दर्शनाको चरित्र हत्या गरेको भन्दै प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।

विवेकशील पार्टिको बिखण्डनपछि रिबिन्द्र मिश्रले दर्शनालाई पार्टि कार्यलय भित्रै जवर्जस्ति गरेको भ्रमक समाचार सम्प्रेषण गरेको आरोपमा एक अनलाइन सञ्चालक पक्राउ गरेको प्रहरीले जनाएको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ काठमाडौंको शान्तिनगर बस्दै आएका २४ वर्षीय श्याम रोका छन् ।

प्रहरीका अनुसार रोका नेपाल टक र मुक्तिखबर डटकम अनलाईनका सञ्चालक हुन् ।

उनले विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र नेतृ दर्शनलाई जोडेर भ्रामक, अश्लील र चरित्र हत्या गर्ने किसिमले समाचार सम्प्रेषण गरेको भन्दै रन्जु दर्शनाले दिएको उजुरीको आधारमा पक्राउ परेका हुन् ।

पक्राउ परेका रोक्कामाथि थप अनुसन्धान भईरहेको छ ।