१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनर्निर्माणका तीन वर्ष : गर्न बाँकी धेरै



अ+ अ-

काठमाडौं । २०७२ वैशाखको भूकम्पपश्चात् नेपालले यसअघि कहिल्यै नगरेको अभ्यास गरिरहेको छ । भूकम्पपीडितलाई राहत वितरण र पुनर्निर्माणका लागि प्राधिकरण गठन भएको छ । प्राकृतिक प्रकोपपछि सरकारले यति ठूलो संरचना तयार गरी सेवा र स्रोत वितरण गरेको पहिलो पटक हो ।

पुनर्निर्माणका लागि अहिलेसम्म २ खर्ब १७ अर्ब रुपैयाँ खर्च भइसकेको छ । जुन गतिमा काम सक्ने लक्ष्यका साथ प्राधिकरण स्थापना गरिएको थियो, त्यअनुसारको प्रगति भने हासिल भएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पुनर्निर्माण परामर्श परिषद्को बैठकमा बोल्दै व्यवधानहरू आइरहे पाँच वर्षमा सबै काम नसकिने बताए ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने बाँकी दुई वर्षभित्र पुननिर्माणको काम सक्ने दाबी गरेका छन् । पुनर्निर्माण प्राधिकरण गठन भएको तीन वर्षमा ३ लाख ४७ हजार ८ सय १७ परिवारले नयाँ घर बनाएका छन् । सरकारी अनुदान पाएर घर बनाउनेको संख्याभन्दा ठूलो घर बनाइरहेकाको छ । प्राधिकरणको तथ्यांकअनुसार ५ लाख ७८ हजारभन्दा बढी घर बनिरहेका छन्। यी निर्माणको विभिन्न चरणमा छन् ।

प्राधिकरणले घर निर्माणका लागि सरकारी अनुदान पाउन योग्य ८ लाख ११ हजार १ सय ५४ परिवारको पहिचान गरेको छ । पहिचान भएका लाभग्राहीमध्ये ९२ प्रतिशतसँग अनुदान सम्झौता भइसकेको प्राधिकरणको तथ्यांक छ । सरकारले घोषणा गरेअनुरूप प्राधिकरणले भूकम्पपीडितका लागि तीन किस्तामा तीन लाख रुपैयाँ अनुदान दिइरहेको छ । कान्तिपुरमा खबर छ ।