११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारी समायोजनमा सचिव र सहसचिव कहाँ, यस्तो छ नियम



अ+ अ-

काठमाडौं । सरकारले सचिव तथा वरिष्ठ सहसचिवको समायोजन संघमा नै गर्नेगरी प्रक्रिया थालेको छ। सरकारले प्रशासन सेवाका सबै सहसचिवको समायोजन पनि संघमा नै हुनेगरी प्रक्रिया थालेको खबर राजधानी दैनिकले छापेको छ।
प्रशासनबाहेक प्राविधिक सहसचिवको समायोजन भने प्रदेश तथा स्थानीय तहमा गर्नेगरी गृहकार्य अघि बढाइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। समायोजनपछि ती सचिवलाई आवश्यकताअनुसार प्रदेश र स्थानीय तहको काठमाडौं महानगरमा पठाइनेछ।
सरकारले कर्मचारी समायोजनका लागि दिएको समय मंगलबार सकिएको छ। यसअघि पुस ११ मा सूचना जारी गर्दै सरकारले २१ दिनको समय दिएर समायोजन फाराम भर्न कर्मचारीलाई आग्रह गरेको थियो सोहीअनुसार ७१ हजार कर्मचारीले समायोजनका लागि फाराम भरेका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सरेश अधिकारीले फाराम भरेका कर्मचारीका ‘डाटा भेरिफिकेसन’ कार्य थालिएको जानकारी दिए।