२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनशनस्थल बन्दै अस्पताल



अ+ अ-

काठमाडौं । चिकित्सा सुधारको माग राख्दै डा. गोविन्द केसी १६औँ पटक अनशनरत छन्। उनी अनशन बसेकै स्थान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनीविरुद्ध विजय थापा अनशन बसिरहेका छन्।
अन्नपूर्ण पोस्ट दैनिक लेख्छ, थापाको विरुद्धमा पनि अनशन बस्ने जनाउँदै कैलालीका खेमबहादुर मगरले अस्पतालमा ठाउँ मागेका छन्। केसीको विरोध र समर्थनमा अनशनकारी बढ्न थालेपछि शिक्षण अस्पताल अनशनस्थलमा परिणत देखिएको छ।
मगरले सोमबार अनशन बस्ने ठाउँ दिन अस्पतालका कार्यकारी निर्देशका प्राडा प्रेमकृष्ण खढ्गासमक्ष सोमबार निवेदन दिएका हुन्। केसीलाई अहिले अस्पतालको गणेशमान सिंह भवनमा सारिएको छ। केसी १४ दिनदेखि अनशनमा छन्।
पुस २५ गतेदेखि इलाममा अनशन शुरु गरेका उनको स्वास्थ्यमा समस्या आएको भन्दै सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो। थापा भने विधेयक जस्ताको तस्तै पारित हुनुपर्ने माग राखेर पुस २७ देखि अनशनमा छन्।
उनलाई पनि सेनाको हेलिकोप्टरबाटै काठमाडौं ल्याइएको थियो। अनशन बस्न लागेका खेमबहादुर भने आफू केसीको समर्थनमा रहेको बताएका छन्।